बुटवल पुगेर प्रचण्डले भने– छिट्टै नयाँ सरकार लिएर आउँछौँ


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ आत्मविश्वासको साथ छिट्टै नयाँ सरकार लिएर आउने बताएका छन् ।

बिहीबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले दुई वर्षभित्र नयाँ नेपालको जग बसाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।उनले प्रधानमन्त्री केपी शर्मा ओलीले श्री ३ महाराज बन्ने सपना देखेको जिकिर गरे । आफैँले बनाएको प्रधानमन्त्री र पार्टी अध्यक्ष सामन्ती, निरंकुशताको ‘एजेन्ट’जस्तो भूमिकामा देखा परेको बताए ।

ओलीको निरंशकुता चुट्कीको भरमा पराजित गर्ने उनको भनाइ छ । “अब केपीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछ । दुई महिनाभित्र केपी ओलीको स्वेच्छाचारिता अन्त्य हुनेछ । जनता विजयी हुनेछन्,’’ उनले भने ।


Loading comments...