
द्विपक्षीय वार्तापछि नेपाल-भारतबीच ठोरी नाका विवाद समाधान
काठमाण्डौ । नेपाल-भारतबीच ठोरी नाका विवाद समाधान भएको छ । यसअघि पर्साको ठोरीमा कोभिड-१९ पोर्टोकल पालना नगरेको भन्दै पैदल यात्रुलाई भारतीय सीमा क्षेत्रमा प्रवेशमा रोक लगाएपछि स्थानीय र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच जनवरी २१ मा झडप भएको थियो ।
उक्त झडपपछि भारतीय पक्षले अवरोध सिर्जना गरेको भन्दै ठोरीका स्थानीयहरुले विरोध प्रदर्शन गरेका थिए । सीमा क्षेत्रमा खटिएका एसएसबीले नेपालीहरुलाई कोभिड-१९ प्रोटोकलको पालना गरी स्थानीय नेपालीहरुलाई निर्धारित मार्गमात्रै प्रयोग गर्नसमेत आग्रह गरेको थियो भने ठोरीका स्थानीयहरुले ।
नेपालको सीमा क्षेत्रको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बल, स्थानीय र तथा सीमा सुरक्षा बल (एसएसबी)बीच सम्पन्न वार्तापछि समस्या समाधान भएको बताइएको छ ।
सबै तस्वीरहरुः यूकेजी