बर्हिगमनको विकल्प छैन : माधव नेपाल


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले ओली युगको अन्त्य हुने र उनको बर्हिगमनको विकल्प नभएको बताएका छन् ।

सूदरपश्‍चिममा प्रचण्ड-नेपाल समूहले गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओली ध्वंस चाहने र नकारात्मक सोच भएको मान्छे भएको बताएका छन् ।

उनले भने, “केपी ओलीले कहिल्यै पनि लोकतन्त्र र गणतन्त्रको पक्षमा थिएनन् । उनी लोकतन्त्रको पक्ष थिएनन्, छैनन् । केपी ओली आन्दोलन विरोधी मान्छे हुन् । त्यसकारण ओली युगको अन्त्य हुँदैछ ।”

पूर्वमाओवादी र पूर्वएमाले मिलेर नयाँ पार्टी जन्मिएको उल्लेख गर्दै ०७५ जेठ ३ पछि नेकपा बनेको अध्यक्ष नेपालले बताएका छन् । उनले भने, “केपी ओलीको नक्कली पार्टी हो । ३०० भन्दा बढी केन्द्रीय सदस्यहरु हाम्रीसँग हुनुहुन्छ । सूर्य चिन्हको अलमलमा नपर्नुस् । अब के हुन्छ ? चुनाव हुन्छ कि हुँदैन भनेर केही मानिसहरु अल्झेर बसेका होलान् । त्यसको अलमलमा नपर्नुस् ।”

ओलीलाई लोकतन्त्र समाप्त हुँदा पनि चासो नभएको उनले बताए ।


Loading comments...