Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

निर्वाचन तोकिएकै समयमा हुन्छ, ढुक्क हुनुस् : मन्त्री अर्याल

१७ माघ २०७७, शनिबार १९:२२

स्याङ्जा, १७ माघ । कृषि तथा पशुपंक्षी पन्त्री पद्मा कुमारी अर्यालले तोकिएकै समयमा निर्वाचन हुने बताउनुभएको छ । नेकपा स्याङ्जाको हरिनास गाँउ कमिटिले आज(शनिबार) आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।
सरकारले तोकेको बैशाख १७ र २७ गतेको निर्वाचन कुनै तत्वले बिथोल्न नसक्ने भन्दै उहाँले पार्टीलाई एकताबद्ध बनाउँदै चुनामी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । कम्युनिस्ट पार्टी विचारबाट निर्देशित भएको पार्टी रहेता पनि पद, शक्तिकै लागि मात्र ओली नेतृत्वको सरकार चारैतिरबाट घेराबन्दीमा परेको बताउनु भयो । जनताले विश्वास गरेको सबैभन्दा ठूलो पार्टी नेकपा पार्टी भित्रैकै ठूला नेताहरुले राष्ट्रपतीलाई महाअभियोग लगाउने सम्मको तयारी गरी हस्ताक्षर संकलन गरेका कारण प्रतिनिधिसभाको विघटन गर्नुपर्ने स्थितीको सिर्जना भएको बताउनुभयो ।
नेकपा केन्द्रिय सदस्य समेत रहेकी नेता अर्यालले बर्तमान समयमा कसैले फरक प्रतिक्रिया दिँदै आइरहेता पनि अहिलेसम्म पार्टी नफुटेको बतानुभयो । उहाँले समुन्द्रबाट एक अम्खोरा पानी झिक्दैमा समुन्द्र नसकिने समेत बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, ‘समुन्द्रबाट एक अम्खोरा पानि झिक्दैमा समुन्द्र रित्तिदैन । पदको लोभले केही नेताले बाहिर भेला गर्दैमा नेपाल कम्युनिस्ट पाटी सकिदैन ।’
मन्त्री अर्यालले सत्तारुढ दल नेकपा विभाजनका सन्दर्भमा अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक नेकपा भएको बताउनुभयो । मन्त्री अर्यालले सत्तारुढ नेकपा विभाजन भएर दुईवटा समूह बनेतापनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव भएको पार्टी नै आधिकारिक नेकपा भएको बताउनुभयो ।
त्ययस अवसरमा हरिनास गाउँपालिका वडा नं २ का वडासदस्य लालुमायाँ नेपाली लगायत १ सय ५६ जना नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ