रणबीरले बढाए आफ्नो पारिश्रमीक : एउटा फिल्मका लागि कति ?


काठमाडौं । सिम्बा र सूर्यवंशीपछि बलिउड अभिनेता रणबीर सिंह एक पटक रोहित शेट्टीको निर्देशनमा बनिरहेको फिल्म सर्कसमा काम गर्न लाग्दैछन् । एक रिपोर्टमा दाबी गरिएको छ कि, यो फिल्ममा उनले ५० करोड रुपैयाँ चार्ज लिएका छन् ।

बलिउड हंगामाले आफ्नो रिपोर्टमा रणबीरले यस फिल्मका लागि ७५ दिनसम्म शूटिङ गर्ने बताएको छ ।

यो हिसावमा उनले हरेक दिनको पारिश्रमीक ६६ लाख भारतीय रुपैयाँ पर्न जान्छ ।

उनी हरेक वर्ष ११८ करोड रुपैयाँ कमाउँछन् ।

उनी भारतमा सबैभन्दा धेरै कमाउने सेलिब्रेटीमा सातौँ नम्बरमा रहेका छन् ।


Loading comments...