
काठमाडौँमा बर्डफ्लु भेटियो
१८ माघ २०७७, आईतवार ००:३३
काठमाडौँको तारकेश्वर नगरपालिका फुटुङमा बर्डफ्लु देखिएको छ ।
नगरपालिका–७, फुटुङको हाँस र टर्कीमा बर्ड फ्लु भेटिएको पशु सेवा विभागले जनाएको छ।
फुटुङमा संकलन गरिएको नमूनालाई केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षण पछि बर्ड फ्लु देखिएको हो।
शुक्रबार बर्ड फ्लु पुष्टि भएपछि सो क्षेत्रमा पालिएको पशुपन्छी नष्ट गरिएको विभागले जनाएको छ।
विभागले एक हजार आठ सय ६५ वटा हाँस, ६ सय २२ वटा बटाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्टा र ७५ केजी दाना नष्ट गरिएको जनाएको छ।
गत केही दिन अगाडि छिमेकी देश भारतमा बल्र्ड फ्लु देखिएपछि नेपालमा पन्छीजन्य वस्तुहरुको आयातमा रोक लगाइएको थियो । काठमाडौँमै बर्ड फ्लु देखिएपछि थप कडाइ गर्ने विभागले जनाएको छ ।
सांकेतिक तस्विर
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भक्तपुर, १७ पुस: अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी
“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि
खजुरा, १५ पुस : निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण
महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत