
चीनले पनि अनुदानमा नेपाललाई कोरोनाविरुद्धको खोप दिने
१८ माघ २०७७, आईतवार २३:१०
काठमाडौं। उत्तरी छिमेकी चीनले नेपाललाई कोरोनाविरुद्धको खोप अनुदानमा दिने भएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाललाई चीनले करिब ३ लाख डोज कोरोनाविरुद्धको खोप दिने जनाएको हो।
चिनियाँ सरकारी कम्पनी सिनो फर्माले विकास गरेको खोप चीनले नेपाललाई सहयोगमा दिन लागेको हो। नेपाल सरकारले यसअघि नै खोप उत्पादन गर्ने मुलुकहरुलाई कूटनीतिक नोट पठाएर खोप सहयोग गर्न अनुरोध गरेको थियो।
नेपालको सोही अनुरोधअनुसार चीनले नेपाललाई खोप दिन लागेको हो। यसअघि नेपाललाई दक्षिणी छिमेकी भारतले पनि १० लाख डोज खोप निःशुल्क दिइसकेको छ।
चिनियाँ खोप चीनलगायत विभिन्न १३ देशमा शसर्त अनुमति प्राप्त रहेको र विश्वस्वास्थ्य संगठनको मापदण्डभन्दा पनि गुणस्तरीय रहेको जनाएको छ। तर, नेपालमा भने हालसम्म चिनियाँ खोपले अनुमति पाइसकेको छैन। तर चीनले सहयोग दिने भएपछि नेपालले चिनियाँ खोपलाई आपतकालीन उपयोगका लागि अनुमति दिने दावी गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको
राष्ट्रपतिले नागरिकता विधेयक संसद्मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ
पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।