
अवैध भारतीय रुपैया सहित मनी चेन्जरका संचालक पक्राउ
१९ माघ २०७७, सोमबार ०८:४७
वीरगञ्ज । विदेशी मुद्राको अवैध कारोबार भइरहेको छ भन्ने बिशेष सूचनाको अधारमा जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं. ०९ स्थित रहेको मनोकामना मनी चेन्जरमा लुकाई छिपाई राखेको छ भन्ने प्राप्त सुचना अनुसार माघ १७ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटि गएको प्रहरी टोलीले छापामारी गरि अवैध रकम बरामद गरेको छ ।
उक्त मनोकामना मनी चेन्जरका संचालक गोपाल प्रसाद सोनारलाई पक्राउ पारी खान तलासी गर्दा प्रतिवन्धित भारतीय रुपैया ५ सयको नोट १ हजार १ सय १५ थान गरी रु. ५ लाख ५७ हजार ५ सय तथा प्रतिबन्धित भा.रु. २ सयको नोट ७० थान गरी रु. १४ हजार साथै प्रतिवन्धित उक्त भारतीय नोटहरुसंगै गैह्र कानूनी रुपमा कारोबार भईरहेको थप भा.रु. ५ लाख ८४ हजार १ सय तथा नेपाली रुपैया रु. ३ लाख ९२ हजार ९० र ९८४५०९८५०१, ९८१७२९३१३१ नम्बरको सिमकार्ड सहितको Samsung Company को स्क्रिन टच मोबाईल थान १ बरामद गर्नुको साथै निज गोपाल प्रसाद सोनारलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको र अन्य अनुसन्धान कार्य भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई