पार्टी बसमा स्टाण्डअप कमेडी


नेपालमा अहिले युवा देखि वृद्धवृद्धासम्म स्ट्याण्डअप कमेडीको क्रेज बढीरहेको बेला पहिलो पटक मण्डला होलिडेजले नेपालको नं.१ कमेडि क्लब नेप–ग्याजमसँग सहकार्य गर्दै पार्टी बसमा चर्चित स्ट्याण्डअप कमेडियन्सलाई भोटेकोशीमा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको नेप–ग्याजमका कम्पनी डायरेक्टर शरद श्रेष्ठले जानकारी दिनु भएको छ । कार्यक्रम यही माघ २३ गते शुक्रबारका दिन हुनेछ । उक्त कार्यक्रममा लेखमणी त्रिताल (रमेश अंकलको छोरो), उमेश कुमार गौतम (UKG) र डोरेश खतिवडाको प्रस्तुति रहने छ ।

मण्डला होलिडेज जसले केही वर्ष देखि नेपालको टुरिजम क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आइरहेको छ । गत वर्षबाट विश्व स्वास्थ्य चुनौतीको रुपमा देखिएको COVID-19 को कारणले सबै व्यापार व्यवसायलाई असर पारेको अवस्थामा अहिले नेपग्याजमसँगको सहकार्यमा पहिलो पटक पार्टी बसमा यसरी स्टाण्डअप कमेडीको आयोजना गर्न लागेको हो । जस्तो नाम, उस्तै काम भनेझै उक्त पार्टी बसमा पार्टी, डान्स, म्यूजिक, स्तरीय ड्रिंक्सको व्यवस्या हुने र भोटेकोशी पुगेर राम्रो खाने बस्ने पनि सुविधा रहनुको साथै स्ट्याण्डअप कमेडीसँगसँगै Beach Games को समेत कार्यक्रम रहेको छ । हास्यप्रेमी दर्शकहरु समयमै आफ्नो सिट बुकिङ गरि पार्टी बसका साथै भोटेकोशीमा रमाइलो गर्न आयोजकले आह्वान गरेका छन् ।

पार्टी बसमा सिट बुकिङ गर्न चाहनुहुन्छ भने, यी नम्बरहरुमा सम्पर्क गर्नसक्नुहुनेछः
कार्यालयः ०१–४२८३२४६
सुरेश अर्यालः ९८५११९४७६४
सुजन केसीः ९८६०३०२८००
निखिल मानन्धरः ९८६०११८९२८
किरण श्रेष्ठः ९८४९११२४४२


Loading comments...