
प्रचण्ड-नेपाल समूहले आयोगलाई पेश गर्यो पार्टी आधिकारिकताको प्रमाण
काठमाडौं- नेकपाका प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका लागि दाबी पेश गरेको छ ।
राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी निर्वाचन आयोगमा मंगलबार पेश गरेको हो ।
अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालसहितका नेताहरु आयोगमा पुगेर नेकपाको आधिकारिकता दाबी पेश गरेका हुन् ।