Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

लडाइँमा नहार्ने देश यत्रा यत्रा डल्लासँग किन हार्ने ? : प्रधानमन्त्री

२० माघ २०७७, मंगलवार १९:३१


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्दा कसैको पक्ष नलिई छनोट गर्न सुझाव दिएका छन् ।

(राखेप)ले मंगलबार राजधानीमा गरेको ‘खेलकुदसँग प्रधानमन्त्री अन्तरक्रिया’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पक्षधरताबिना नै छनोट गर्ने काम परिषद्को भएको र प्रशिक्षक एवं खेलाडी चयन गर्दा स्वर्णपदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।विगतमा जित्न सक्ने खेलाडी छनोटमा नपरेका गुनासो आएको दृष्टान्त दिँदै उनले पदाधिकारी र छनोटकर्ताहरुलाई तालिमदेखि प्रतियोगितासम्मका खेलाडी छनोटमा भेदभाव नगर्न सुझाव दिए ।

सरकारले खेलकुद क्षेत्रको लगानीलाई बहुउत्पादनमुखी उपलपब्धको रुपमा लिएको उनले स्पष्ट पारे । खेलमा हारजितको ठूलो महत्व रहेको भन्दै उनले नेपाल कहिले युद्धमा नहारेको देश रहेकाले खेल पनि जितका खेल्न आग्रह गरे ।

‘‘लडाइँमा नहार्ने देश यत्रा यत्रा डल्लासँग किन हार्ने ? खेल भन्या के हो ? एउटा भकुन्डो नै हान्ने त हो नि । किन हार्ने ? क्रिकेटमा एउटा बल हान्ने हो, त्यसमा किन हार्ने ?,’’ उनले भने, “सितोरियो, कराते, कम्फु र भारोत्तोलन किन हार्ने ?’’

अशान्ति जित र हारका आधारमा हुने बताउँदै उनले भने, ‘‘संसद् भंग भइसक्यो चुनाव हुन लागिसक्यो, हुनु हुँदैन भनेर कराइरहेका छन्, त्यो जितका लागि हो ।’’

प्रधानमन्त्री ओलीले नेपालको भूगोलअनुसारको खेल उत्पादन गरी प्रतियोगिताहरुमा त्यस्ता खेललाई सहभागी गराउन परिषद्लाई सुझाव दिए । उनले सातै प्रदेशमा एक-एकवटा रंगशाला बनाउने काममा केही मान्छेहरुले अवरोध सिर्जना गरेको बताए ।

त्यस्तै, मूलपानी क्रिकेट रंगशाला कहिले सम्पन्न हुन्छ ? भन्ने प्रश्नमा उनले ‘‘दुई वर्ष भइसक्यो अझै भएको छैन ?,’’ भन्दै अनविज्ञता प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको