पाकिस्तानको कराचीमा टिकटक बनाउने ४ जनालाई गोली हानी हत्या


इस्लामावाद । पाकिस्तानको कराचीमा चारजना टिकटकरलाई गोली हत्या गरिएको छ । कराचीको अंक्लेसारिया अस्पताल नजिकैको कराचा गार्डेन क्षेत्रमा टिकटक बनाउने एक महिलासहित चारजनालाई मंगलबार गोली हानी हत्या गरिएको हो ।

कराचीका वरिष्ठ प्रहरी उपरीक्षक सरफराज नवाज शेखले गोली हानी हत्या गरिएका चारैजना सामाजिक सञ्‍जाल विशेषगरि टिकटकमा सक्रिय भएको बताएका छन् । मृतकमध्ये मुस्कार र आमिर साथी भएको पाइएको छ ।

उनीहरु साथी भएकोसमेत खुलेको छ । उनका अनुसार मुस्कानले आमिरलाई सोमबार राति भेट्न बोलाएका रहेछन् । आमिरले कारको व्यवस्था गरेर रेहन र सजादलाई भेटेका थिए ।

उनीहरु चारैजना सहर घुमेको र उनीहरुले टिकटक बनाएकोसमेत भेटिएको छ । उनीहरुलाई मंगलबार बिहान ४:४८ बजे अज्ञात बन्दुकधारीले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले भन्‍यो, “महिलालाई कारभित्रै गोली हानी हत्या गरिएको छ भने अन्य तीनजना पुरुषलाई बगैँचामा मृत भेटिएका हुन् । उनीहरु चारैजनालाई गोली लागेको छ ।”

कार नजिकै ९एमएम पेस्तोसमेत फेला परेको छ । सजाद र रेहनले यसअघि पनि टिकटक भिडियो बनाएका थिए । इतिहास क्षेत्रमा एरियल फाइरिङको टिकटक भिडियो बनाएका थिए । उक्त भिडियो भाइरल भएपछि प्रहरीले पनि उनीहरुलाई निगरानीमा राखेको थियो ।

यसअघि अक्टोबरमा पाकिस्तान सरकारले संस्कृतिमाथि प्रहार भएको भन्दै टिकटमा प्रतिबन्ध लगाए पनि चर्को विरोधपछि १० दिनमा उक्त प्रतिबन्ध हटाइएको थियो । – डन


Loading comments...