Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

चुनावका लागि निर्वाचन आयोगले माग्यो ७ अर्ब रुपैयाँ

२१ माघ २०७७, बुधबार २२:२३

काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ मा हुने निर्वाचनका लागि सरकारसँग बजेट मागेको छ। आयोगले ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ मागेको हो।

आयोगले बजेट मागको पत्र अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिएको छ।

आयोगको मंगलबार बसेको बैठकले सरकारसँग रकम माग्ने निर्णय गरेअनुसार बिहीबार अर्थ मन्त्रालयलाई पत्राचार गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

कोरोना महामारीका कारण खर्च बढ्ने आयोगले बताएको छ। आयोगले निर्वाचन सञ्चालन आर्थिक कार्यविधी तयार गर्दा कोरोनाका कारण अपनाउनुपर्ने मापदण्डबारे पनि ख्याल गरिएको जनाएको छ। आयोगले भनेको छ, ‘विगतका निर्वाचनमा प्रयोग गरी हाल मौज्दातमा रहेका मतपेटिका लगायत विभिन्न उपकरण र सवारी साधनहरू मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएकोले नयाँ सामग्री, उपकरण र सवारी साधन खरिद गर्नेगरी बजेटमा समावेश गरिएको छैन।’

आयोगले कोरोनाका कारण सोसँग सम्बन्धित सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख ७४ हजार प्रस्ताव गरेको छ।

यस्तै निर्वाचनको काममा आयोग, ७७ वटै जिल्ला निर्वाचन कार्यालय, १६५ निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी न्यूनतम संख्यामा रहने व्यवस्था गरिएको आयोगले जनाउको छ। निर्वाचनसँग सम्बन्धित तालिमहरू अनलाइनको माध्यमबाट समेत गर्नेगरी व्यवस्थापन गरिएकोले आसन्न निर्वाचन थप मितव्ययी हुनेगरी आयोगले काम गरिरहेको आयोगको दावी छ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ