फोर्ड र गुगलबीच रणनीतिक साझेदारी


फोर्ड र गुगलले फोर्ड र लिंकन गाडीका प्रयोगकर्ताका लागि संयुक्त साझेदारीमार्फत विशिष्ट सेवा दिनुका साथै फोर्डको रुपान्तरणमा सहयोगी भूमिका निर्वाह गर्नेछ । फोर्डले आफ्नो डेटा, आर्टिसियल इन्टेलिजेन्स लगायतका तथ्यांकका लागि गुगल क्लाउड आफ्नो उत्तम क्लाउड प्रोभाइडर मानेको छ । फोर्ड र गुगलको नयाँ ६ वर्षे सहकार्य मार्फत फोर्ड र लिंकनले आफ्ना सबै गाडीमा २०२३ देखि एन्ड्रोइड र गुगल एप प्रयोग गर्नेछ । नयाँ अन्वेषणका लागि दुबै कम्पनीले ‘टिम अपसिफ्ट’ नामको आफ्नो छुट्टै संयुक्त समूह सञ्चालनमा ल्याएका छन् । जसले फोर्डको रुपान्तरण, ग्राहकको सन्तुष्टि, तथ्यांकमार्फत् अवसर प्रदान गर्नेछ ।

फोर्ड र गुगलबीच रणनीति साझेदारी सम्झौता भएको छ । आज एक कार्यक्रमकाबीच दुई कम्पनीले सन् २०२३ देखि फोर्ड तथा लिंकनका गाडीमा एन्ड्रोइड अपरेटिङ सिस्टम जडान गर्ने गरी सम्झौता गरेका हुन् ।

गुगलसँगको ६ वर्षीय सहकार्यपछि फोर्डले आफ्नो डेटा, आर्टिसियल इन्टेलिजेन्सलगायतका तथ्यांकका लागि गुगल क्लाउड नै आफ्नो उपयुक्त क्लाउड भएको बताउँदै एन्ड्रोइड सिस्टम जडानका लागि गुगलसँग सहकार्य गरेको हो ।

यसका लागि यी दुई कम्पनीले ‘टिम अपसिफ्ट’ नामको आफ्नो छुट्टै संयुक्त समूह पनि बनाएका छन् । जसमा दुबै कम्पनीका प्रतीभाको प्रवद्र्धन, फोर्डको रुपान्तरणमा सहयोग, व्यक्तिगत उपभोक्ता सेवा, परिवर्तनका लागि उत्प्रेरकको भूमिका खेल्ने, तथ्यांक सहजीकरण लगायतको आपसी सहयोग हुने विश्वास गरिएको छ । सवारीसाधन खरीद गर्दा र स्वामित्व हस्तान्तरणमा यसमा भएको तथ्यांकले सहयोग गर्नेछ ।

‘विद्युतीकरण, कनेक्टिभिटी र सेल्फ ड्राइभिङमा फोर्डले आमुल रुपान्तरण गरिरहेको अवस्थामा गुगल र फोर्ड सँगै आउनुले ग्राहकलाई विशिष्ट अनुभूति दिनुका साथै उद्यमलाई पनि आधुनिकीकरण गर्नेछ, ’ फोर्डका सीईओ जिम फार्लीले बताए । ‘एसेम्बिलिङ उद्योगको सञ्चालनदेखि ड्राइभ एसिस्ट टेक्नोलोजीसम्म आइपुग्दा फोर्डले १२० वर्षको अटोमोबाइल क्षेत्रमा नयाँ अन्वेषणको जग बसालेको छ,’ अल्फाबेटको सञ्चालकसमेत रहेका गुगलका सीईओ सुन्दर पिचाईले बताए । उनका अनुसार फोर्डको व्यापारमा र अटोमोटिभ टेक्नोलोजीमा गुगलको एआई, तथ्यांक विश्लेषण र क्लाउड प्लेटफर्मले सेवाग्राहीलाई सुरक्षित बनाउनेछ । डिजिटल यातायात, आधुनिकीकरण तथा सवारीसाधनमा टेक्नोलोजीको प्रयोगका लागि कम्पनीलाई गुगलले गुगल क्लाउड, एआई, एमएल तथा तथ्यांक विश्लेषण लगायतका क्षेत्रमा सहयोग पुर्याउने उनको विश्वास छ ।

गुगलसँगको सहकार्यपछि फोर्डको योजना
१. ग्राहकको विशिष्ट टेक्नोलोजी प्रयोगको तथा सेवामा सुधार भएको अनुभूति दिलाउने ।
२. उत्पादनको विकास, निर्माण तथा ‘सप्लाई चेन’ व्यवस्थापन र एआईको प्रयोगले कर्मचारी तालीम सिर्जना र उद्योगका इक्वीप्मेन्टको क्षमता बढाउने ।
३. सन् २०२३ देखि फोर्ड तथा लिंकनका गाडीमा विश्वस्तरीय गुगल एप, गुगल म्याप तथा भ्वाइस टेक्नोलोजीसहितको एन्ड्रोइड अपरेटिङ सिस्टम जडान गर्ने
४. गुगल एसिस्टेन्स जडान गर्ने ।
५. संगीत, पोडकास्ट, अडियोबुक लगायतको प्रयोगका लागि गुगल प्लेको व्यवस्था गर्ने
६. ‘थर्ड पार्टी डेभलोपर’लाई एपको एक्सेस दिएर सेवाग्राहीको अनुभवलाई उत्कृष्ट बनाउने

फोर्ड विश्वमा अटोमोबाइल क्षेत्रमा प्रसिद्ध कम्पनी हो । यसले कार, ट्रक, एसयूभी, विद्युतीय सवारी र लिंकन ‘लक्जरी’ सवारीसाधनको उत्पादन गर्छ । यसले विश्वमा १ लाख ८७ हजार बढीलाई रोजगारी दिएको छ ।


Loading comments...