प्रचण्डलाई सर्वोच्च अदालतको आदेश– आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्नु


काठमाडौं– सर्वोच्च अदालतले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंको शान्तिवाटिकामा आयोजित विरोध सभामा प्रचण्डले ‘अदालतबाट केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठह¥याउने काम भयो भने लाखौं लाख जनता सडकमा उतार्छौं र गल्ती सच्याउँछौं’ भन्ने अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समिर हायुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।

न्यायाधीशहरूले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्तिसमेत दिएको निवेदकको दाबी छ ।


Loading comments...