
आम हड्तालका लागि दाहाल–नेपाल नेकपाले तोक्यो ११ कमाण्डर
२१ माघ २०७७, बुधबार २३:५१
पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको नेकपाले बिहीबारका लागि आयोजना गरेको आम हड्ताल कार्यान्वयन गराउन राजधानीका ११ प्रमुख स्थानका लागि कमान्डर तोकेको छ ।
जसअनुसार गोंगबुमा भीम रावल, बालाजुमा रघुजी पन्त र रत्नपार्कमा प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा जनार्दन शर्माले कमान्ड सम्हाल्नेछन् ।
त्यसैगरी पुल्चोकमा पम्फा भुसाल, कोटेश्वरमा लीलामणि पोखरेल, चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेल, नारायणगोपालचोक महाराजगञ्जमा शक्ति बस्नेतलाई कमाण्डर तोकिएको छ ।
कलङ्की चोकमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुमा बेदुराम भुसाल र सातदोबाटोमा देव गुरुङ कमान्डर तोकिएको सो समूहले जनाएको छ ।
बुधबार आकस्मिक रुपमा पत्राकार सम्मेलन गरेर सो देशव्यापी राजनीतिक हड्तालको घोषणा गरेको हो । आम हड्तालमा विद्यालय, यातायात, उद्योग, कलकारखाना सबै बन्द गराउने सो पार्टीले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भक्तपुर, १७ पुस: अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी
“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि
खजुरा, १५ पुस : निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा