Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार
online education in Nepal

यसरी अनलाइनबाटै ‘ट्राफिक जरिवाना’ तिर्न सकिन्छ

२२ माघ २०७७, बिहीबार ०६:०४

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लङ्घन गरेबापत चालकले अब तिर्नुपर्ने जरिवाना रकम आजदेखि अनलाइन बाटै भुक्तानी गर्न सक्ने भएका छन् ।

महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरी कार्यान्वयनमा ल्याएको हो । ट्राफिक महाशाखाको ट्राफिक भाइलेसन रेकर्ड सिस्टम (टिभीआरएस), नेपाल सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली (आरआइएमएस) र सेवा प्रदायक संस्थाबीच आबद्ध भई जरिवाना रकम भुक्तानी हुने गरी उक्त प्रणालीको विकास गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

यसअघि जरिवानाबापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यता थियो । यसले ट्राफिक कार्यालयमा हुने भीडभाडमा कमी आई समयको समेत वचत हुने विश्वास गरिएको छ । ट्राफिक प्रहरी कार्यालयमा सेवा लिन आउनुपर्ने सम्पूर्ण सेवाग्राहीलाई सहज एवं सरलरुपमा सेवा दिन सधँै तत्पर रहेको महाशाखाले जनाएको छ ।

यो प्रविधिबाट तोकिएका बैंकको अनलाइन भुक्तानी प्रणालीमा समावेश गरी जरिवानाबापतको राजस्व रकम सरकारी राजस्व खातामा जम्मा हुनेछ । यसअघि सवारी र सवारी कागजपत्र हराएमा अनलाइनबाटै उजुरी दिन र सिफारिस लिन सकिने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय

भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन सम्पन्न भएको

विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित

भारत सरकारको अनुदान सहयोगमा डोटी जिल्लाको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास