नेकपा नेतृ अष्टलक्ष्मी शाक्य पक्राउ


काठमाडौँ- आमहड्तालको उल्लंघन गरेको भन्दै यातायात अवरूद्ध पार्न निस्किएका नेकपा दाहाल-नेपाल समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट यो समाचार तयार पार्दासम्म 80 जना हाराहारीलाई पक्राउ गरिएको प्रहरीले जनांएको छ ।

कलंकी क्षेत्रबाट नेतृ अष्टलक्ष्मी शाक्यसमेत पक्राउ परेकी छन् । नेकपा नेता विष्णु रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत यसको पुष्टि गरेका छन् ।

उता कंलकी क्षेत्रबाट नेता राजेन्द्र पाण्डेसहितका नेता कार्यकर्ता पक्राउ परेका छन् । नेता रामप्रसाद सापकोटा दिपशिखाले पाण्डे लगायतका पाँच जना पक्राउ परेको पुष्टि गरेका छन् ।

प्रहरीले भने गोंगवु क्षेत्रमा ट्याक्सी आगजनीमा उत्रिएका बन्दकर्तालाई पक्राउ गरेको जनाएको छ ।

सामाखुसी क्षेत्रमा प्रदेश ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको प्रहरीले जनाएको छ ।


Loading comments...