कनेक्ट आईपीएसबाट कसरी तिर्ने ट्राफिक नियम उल्लंघनको जरिबाना ?


काठमाडौं । ट्राफिक नियम उल्लंघन गरे वापतको कसुरमा बुझाउनु पर्ने जरिबाना रकम अब कनेक्ट आईपीएस प्रणालीमार्फत् बैंक खाताबाट अनलाइन नै गर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको एक विशेष कार्यक्रममार्फत् आज यस्तो व्यवस्था सुरु गरिएको हो ।

सेवासँग सम्बन्धित सम्झौतापत्रमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिहं प्रधानले हस्ताक्षर गरे ।

जरिबाना भुक्तानीको लागि सेवाग्राहीले कनेक्ट आईपीएसमा लगइन गरी ‘सरकारी भुक्तानी’ भित्र ‘नेपाल ट्राफिक पुलिस’ छनोट गर्नुपर्ने हुन्छ । त्यसपछी भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी ट्राफिकले दिएको चिट नम्बर र आर्थिक वर्ष दाखिला गरी भुक्तानी गर्न सकिन्छ ।

यसरी गरिएको भुक्तानी महाशाखाको तोकिएको बैंकमा सिधै जम्मा हुन्छ भने ट्राफिकको सिस्टममा पनि उक्त भुक्तानीको विवरण जान्छ ।

ट्राफिक जरिबानाको भुक्तानी अनलाइनबाट भएलगतै अब सेवाग्राहीले बैंक शाखा नै पुगेर जरिबाना रकम जम्मा गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । यो सेवालाई आगामी दिनमा एनसीएचएलमा आवद्ध बैंक वित्तिय संस्थाका मोबाइल÷इन्टरनेट बैंकिङ एवम् अन्य आबद्ध वालेटमार्फत पनि भुक्तानी गर्न सकिने गरी विस्तार गरिने जनाइएको छ ।


Loading comments...