Lifestyle Portal
  •   २८ श्रावण २०७९, शनिबार

साँझ ६ बजपछि प्रचण्ड-माधव समूहको आमहडताल अन्त्य हुने

२२ माघ २०७७, बिहीबार १३:३३

नेकपा प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आमहड्ताल साँझ ६ बजे अन्त्य हुने भएको छ ।

साँझ ६ बजेपछि आमहडतालका कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजक समेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘हाम्रो आमहडतालको कार्यक्रम साँझ ६ बजेसम्मका लागि मात्रै कार्यान्वयन हुनेछ,’ प्रवक्ता श्रेष्ठले भने । संवैधानिक आयोगमा बलजफ्ति नियुक्त गरिएको र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनको रफ्तार तीव्र रुपमा अघि बढेकाले त्यसकाविरुद्ध आमहडताल गरिएको त्यस समूहको प्रष्टिकरण छ ।

अध्यक्ष माधवकुमार नेपालले आमहड्तालका कारण जनतालाई कस्ट परेको भन्दै माफी समेत मागेका छन्। जनताले एक दिन सास्ती व्यहोर्नुपरेपनि ओलीको तानाशाही प्रवृत्ति अन्त्यका लागि आमहडतालको विकल्प नभएको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका