
एन्जेलिना जोलीले लिलामीमा राखिन विन्स्टन चर्चिलको चित्रकला
काठमाडौं । कलाकार विन्स्टन चर्चिलले दोस्रो विश्वयुद्धका बेला बनाएको एकमात्र चित्रकला लिलामीमा राखिएको छ । उनले यो चित्रकला आफू बेलायती प्रधानमन्त्रीको पदमा हुँदा बनाएका थिए । चित्रकलाकी हालकी मालिक एन्जेलिना जोलीले यो चित्रकला लिलामीमा राखेकी हुन् ।
जुन यसअघि अमेरिकी राष्ट्रपति फ्रान्कलिन डी रुजवेल्टसँग थियो । ‘टावर अफ द कौउतबिया मोस्क्यु’ शिर्षकको यो चित्रकला अर्को महिना क्रिस्टीको लिलामीमा १.५ मिलियन डलर देखि २.५ मिलियन डलरसम्म विक्री हुने अनुमान गरिएको छ । यदि यो अनुमानित रकममा लिलामी भयो भने यसले पूर्व प्रधानमन्त्रीको कामको नयाँ रेकर्ड हुनेछ ।
उनले सन् १९४३ मा क्यासाब्लान्का सम्मेलन पछि माराकेचमा यो पेन्टिङ कोरेका थिए । सम्मेलनको भोलिपल्ट माराकेचको त्यो सुन्दर सूर्योदय र सहरको दृश्य हेर्न रुजवेल्टलाई आमन्त्रण गरेका थिए । उक्त पेन्टिङमा १२ औ शताब्दीको माराकेचको सूर्यास्त देख्न सकिन्छ जसको ब्याकग्राउन्डमा सुन्दर एटलस हिमालहरु चित्रण गरिएको छ ।
चित्रकलामा सौखिन तर अन–प्रोफेसनल कलाकार चर्चिलले पाँचसय भन्दा धेरै पेन्टिङहरु गरेका छन् ।
एन्जेलिना जोलीभन्दा अघि यो पेन्टिङ कैयौं चित्रकला प्रेमीहरुको हातमा पुगिसकेको थियो । कलाकार विन्स्टनले यो पेन्टिङ अमेरिकी राष्ट्रपति फ्रान्कलिन डी रुजवेल्टलाई दिएका थिए । जुन रुजवेल्टको निधनपछि उनका छोरा इलियटले विक्रीमा राखेका थिए ।
अन्तत सन् २०११ मा यो पेन्टिङ जोलीले किनेकी हुन् ।