
नेपाल इफ्रास्ट्रक्चर बैंकको नाफा घट्यो
२२ माघ २०७७, बिहीबार १५:५०
काठमाडौं। नेपाल इफ्रास्ट्रक्चर बैंकको चालु आवको दोस्रो त्रैमासको नाफा १२ शमलव ५४ प्रतिशतले कमी आएको छ। बैंकले प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको नाफा गत वर्षको सोही समयको भन्दा १२ दशमलव ५४ प्रतिशतले कमी आएको छ।
गत आवको दोस्रो त्रैमाससम्ममा ४० करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको बैंकको चालु आवको सोही अवधिमा नाफा घटेर ३५ करोड २२ लाखमा सीमित भएको छ। केही समय मात्रै ८ अर्ब रुपैयाँ बराबरको आइपीओ जारी गरेको बैंकको अहिले चुक्तापुँजी १२ अर्ब रुपैयाँ छ। आइपीओ जारीपछि अब बैंकको चुक्तापुँजी २० अर्ब पुग्नेछ।
बैंकले चालु आवको सीमक्षा अवधिमा ३२ करोड ४४ लाख ९३ हजार निक्षेप संकलन गरेको छ। बैंक गत आवको सोही अवधिमा २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो। अघिल्लो वर्ष बैंकले ब्याज आम्दानी ६१ करोड ७१ लाख ३३ हजार रुपैयाँ गरेकोमा चालु आवको सोही अवधिम ब्याज आम्दानी ५६ करोड ९४ लाख ८५ हजार रुपैयाँ गरेको छ।
बैंकको जगेडा कोषमा १ अर्ब ९४ करोड २५ लाख रुपैयाँ छ भने बैंकको प्रतिसेयर आम्दानी ५.८७ पैसा छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट
नेपाली राजनीतिको पछिल्लो इतिहास हेर्ने हो भने यो २०४६ सालदेखि अति नै अस्थिर रहँदै आएको देखिन्छ। अहिले नेपालको राजनीति अति
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको सहमतिमा हस्ताक्षर कार्यक्रम सुरु भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा