
आज ओली समूहको जनसभा: तीन हजार स्वयंसेवक परिचालन, दुई लाख मान्छे उतार्ने
२३ माघ २०७७, शुक्रबार ११:०७
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले शुक्रबार नारायणहिटी दरबारअगाडि गर्न लागेको जनप्रदर्शन र सभामा काठमाडौंको १६ स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ ।
नारायणहिटी सामुन्नेको वारपार क्षेत्रमा जनसभा गर्ने गरी प्रदर्शनमा दुई लाख मान्छे उतार्ने तयारी गरिएको आयोजक बागमती प्रदेश कमिटीले दाबी गरेको छ । प्रदर्शनमा ओली पक्षले करिब तीन हजार स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ ।
ओली पक्षले सार्वजनिक गरेको रुटअनुसार बागबजारबाट सम्पर्क मञ्च, प्रदर्शनीमार्गबाट युवा, विद्यार्थी, खेलकुद महासंघ र प्रेस संगठनलगायत पेसागत संगठनहरूको जुलुस निस्कनेछ ।
त्यस्तै, महेन्द्र सालिकबाट पूर्व जनजाति महासंघका घटक संगठन, घन्टाघरबाट मुस्लिम समुदाय तथा सुन्धारा क्षेत्रबाट ललितपुर जिल्लाका सहभागीको जुलुस सुरु हुनेछ ।
त्यस्तै, त्रिपुरेश्वरबाट चितवन, धादिङ र सोही बाटो भएर आउने सबै सहभागी, गौशालाबाट भक्तपुर, माइतीघर मण्डला क्षेत्रबाट दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाबाट सहभागी हुनेको जुलुस सुरु हुने प्रदेश कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिएका छन् ।
त्यस्तै, पुतलीसडकबाट सम्पूर्ण जनवर्गीय संगठन, लैनचौरबाट नुवाकोट र रसुवा, सोह्रखुट्टे नयाँ रोडबाट मकवानपुर, भीमफेदीको बाटोबाट आउनेका लागि रुट तोकिएको छ ।
त्यस्तै, टेकुबाट काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ९ र १०, वसन्तपुरबाट निर्वाचन क्षेत्र नम्बर ८, सोह्रखुट्टेबाट निर्वाचन क्षेत्र नम्बर ६ र ७, ज्ञानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर ३, ४ र ५ तथा पुरानो बानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर १, २ का जुलुस निस्कने गरी ठाउँ तोकिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई