Lifestyle Portal
  •   २८ श्रावण २०७९, शनिबार

ओली नेतृत्व नेकपाको आधिकारिकतालाई कसैले तोड्न सक्दैन : उपप्रधानमन्त्री पोखरेल

२३ माघ २०७७, शुक्रबार १४:२२

लोकप्रिय

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् । शुक्रबार संघीय राजधानी काठमाडौंमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सूर्य चिह्‍न पनि आफ्नो हुने दाबी गरेका छन् ।

उनले भने, “नेपाल कम्युनिस्ट पार्टी कुन आधिरकारिक हो भन्‍ने प्रश्‍न उठाइएका छन् । म भन्‍न चाहन्छु, ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक पार्टी हो । त्यो आधिकारिकतालाई कसैले पनि तोड्न सक्दैन । सूर्य चिन्ह पनि हाम्रो हुनेछ । त्यसमा कोही पनि भ्रममा नपर्नु होला ।”

मुलुकमा राजनीतिक स्थायित्वलाई निरन्तरता दिइरहनका लागि आफ्नो लडाइँ जारी रहनेसमेत उनले बताएका छन् । उनले भने, “प्रधानमन्त्री ओलीको नेतृत्वमा आर्थिक विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन्छौं । संविधान, राष्ट्रिय स्वभामिनका लागि हामी लागि रहने छौं । यो लडाइँको झण्डालाई कहिल्यै पनि झुक्न दिने छैनौं । लडाइँ जारी रहनेछ ।”

आमहड्ताल भनेर नेपाल बन्द गराउने कुरा जनविरोधी भएको उल्लेख गर्दै जनतालाई दु:ख दिने गलत कदमको भर्त्सना र निन्दा गर्न चाहेको बताएका छन् । उनले भने, “हिजो ट्याक्सी चालकमाथि सांघातिक हमला भयो, ट्याक्सीमा तोडफोड भएको छ । ती ट्याक्सी चालकलाई क्षतिपूर्तिको व्यवस्था सरकारले गर्नेछ । हाम्रो लडाइँ अराजकताविरुद्ध हो । मुलुकलाई अस्थिरतातर्फ लैजान चाहने दुष्प्रयासविरुद्धमा हो ।”

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

हाम्रा बजारहरूमा पच्चीस पैसा, पचास पैसा, एक रुपियाँका सिक्का देखिन छाडेको वर्षौं भयो। यसैगरी एक र दुईका कागजी नोट बजारमा