मांसाहारी आन्दोलन गर्ने प्रचण्डलाई चिडियाखानामा बन्द गरिनेछ : बादल


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखाना बन्द गरिने चेतावनी दिएका छन् ।

ओली नेतृत्वको नेकपाले शुक्रबार काठमाडौंमा आयोजना गरेको बृहत जनसभालाई समबोधन गर्दै गृहमन्त्री थापाले मासाहारी आन्दोलन गरे प्रचण्ड–नेपाल समूहको नेकपाका अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’ लाई जावलाखेलको चिडियाखानामा बन्द गर्ने चेतावनी दिएका हुन् ।

“मांसाहारी आन्दोलनलाई कानुनले अपराध घोषित गरेको छ । मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको जूमा लगेर बन्द गरिने छ,” उनले प्रचण्डलाई ईंगित गर्दै भने ।

केही दिनअघि अध्यक्ष प्रचण्डले आफूलाई मांसाहारी आन्दोलन गर्न मन लागेको अभिव्यक्ति दिएका थिए । उनको उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो ।

राष्ट्रिय स्वाधीनताका लागि सिंगो देश एकजुट भएको छ,” उनले भने, “जनता संविधानको रक्षाका लागि फेरि आन्दोलित भएका छन् । नयाँ जनआन्दोलनको थालनी भएको छ ।”

उनले नारायणहिटी अघि आयोजना गरिएको सभाले नयाँ सन्देश दिएकोसमेत बताएका छन् । उनले भने, “नारायणहिटी दरबारको प्रांगणमा ऐतिहासिक सभा गरिरहेका छौं यसले नयाँ सन्देश दिएको छ । हामी गणतन्त्र रक्षाका लागि प्रतिवद्ध छौं भन्ने सन्देश दिएको छ । गणतन्त्रको रक्षका निम्ति यो जनसभा आयोजना गरेका हौं ।”


Loading comments...