नारायणहिटी अगाडी उभिएर ओलीले भने – राजतन्त्र पुनर्स्थापना हुनै सक्दैन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र पुनर्स्थापना हुनै नसक्ने बताएका छन् । नेपालको संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई कसैले समाप्त पार्न नसक्ने र आधा शताब्दी राजतन्त्रविरुद्ध लडेको भन्दै उनले आफूबाट राजतन्त्र पुनर्स्थापन हुनै नसक्ने बताएका हुन् ।

नारायणहिटीअगाडि आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै उनले भने, “आज बिहानसम्म पनि भन्दै थिए, ओलीले राजतन्त्र फर्काएको घोषणा गर्छ रे । लोकतन्त्रका लागि आधा दशकभन्दा बढि समय प्रजतन्त्रका लागि जुन केपी ओली लड्यो, उसैले राजतन्त्र फर्केको घोषणा गर्छ रे । यो संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई कसैले समाप्त पार्न सक्दैन । कार्यान्वयन गरेर अगाडि जान्छ । यो प्रणालीले विकासमा वाधा दिएको छैन ।”


Loading comments...