Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

चर्चित रमाइला कलाकारहरूको जम्बो टोलीसहितको ‘चुरीफुरी डट कम’

२९ मंसिर २०७५, शनिबार १४:५४


आर्यन फिल्मस् प्रोडक्सन तथा अमेरिकाको बोधी इन्टरटेन्टमेन्ट एलएलसीको संयूक्त प्रस्तुतिमा चर्चित कलाकार निर्मला शर्माको निर्देशनमा बोधी एचडिबाट रमाइलो वेबसिरिज ‘चुरीफुरी डटकम’को सुटिङ्ग प्रारम्भ भएको छ । नेपाली भाषाको टिभी सामाग्रीहरुमा सकारात्मक रमाइलो सामाग्री ‘चुरीफुरी डटकम’ आउन थालेको हो । टिभीमा प्रसारण अनि भिडियो सामाग्री खोजिको प्रक्रियालाई सरल बनाउँदै बोधी एचडीका लागि कलाकार निर्मल शर्माले यसको निर्देशन गर्दै हुनुहुन्छ ।

रमाइलो वेब सिरिज चुरीफुरी डटकमको एक्जिक्यूटिभ निर्माता रमेश एम के पौडेल हुनुहुन्छ । निर्मल शर्माको नेतृत्वमा प्रारम्भ यस वेब सिरिजको अर्को निर्माता एमीला लामा हुनुहुन्छ ।

यस वेब सिरिजको प्रोमोशनल गीतमा बरिष्ठ संगीतकार तथा गायक शम्भूजीत बास्कोटाको संगीत रहेको छ भने आवाज पनि बास्कोटाकै रहेको छ भने यसको भीएफएक्स गौतक खड्का र राम चौधरीले गर्नेछन् । मसिंर २८ गते प्रोमोको शुट सम्पन्न भएको जानकारी निर्माता रमेश एम के पौडेलले बताउनुभयो ।

चर्चित रमाइला कलाकारहरु सम्मिलित यस ‘चुरीफुरी डटकम’मा निर्देशक निर्मल शर्मा सहित कलाकारहरु गजीत बिस्ट, रजनी केसी, केशब भट्टराई, कमलमणी मैनाली, मुकुन्द मैनाली, कबी ज्यू, रबी शर्मा (घाटो), सुनीता श्रेष्ठ, स्वनीका बास्तोला, रितु अस्मीता खनाल, रामेश्वर केसी, सुभाष गजुरेल रहेका छन् । 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं- ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब

काठमाडौं- टुलिका कलाले क्युरेट गरेको कला प्रदर्शनी ‘खोलो २ (५)’ १७ गते मंगलबारबाट सुरु हुने भएको छ। ‘खोलो २ (५):

काठमाडौं। लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तरगत ओरेक नेपालको आयोजनामा शैली थिएटरले कचहरी नाटक ” तैं चुप, मैं चुप”

आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन । बिहानबाट मेरो बाबा स्वर्गीय कामता प्र. उपाध्यायलाई साम्झिरहेको छु । मेरो कला