
न्युयोर्क टाईम्स लेख्छ, “चीनले खोपलाई भूराजनीतिक जितका लागि प्रयोग गर्न खोजेको थियो तर नतिजा उसैको लागि प्रत्युत्पादक भयो”
२३ माघ २०७७, शुक्रबार २०:२०
बेइजिङ । विश्वभर कोरोना महामारीविरुद्धको खोप अभियान सुरु भइरहेको समयमा चीनले आफुले बनाएको खोपलाई भूराजनीतिक जितका लागि प्रयोग गर्न खोजेको न्युयोर्क टाईमले आरोप लगाउदै लेख प्रकाशित गरेको छ। यद्यपि चीनको त्यो चाहना उसको लागि प्रत्युत्पादक साबित भएको लेखको निश्कर्ष छ ।
यस लेखको वास्तविक स्रोत सामाग्री यहाँ पढ्नुहोस्ः
China Wanted to Show Off Its Vaccines. It’s Backfiring.
ब्राजिल र टर्कीका अधिकारीहरुले चिनियाँ कम्पनीहरुले विसका गरेको कोरोनाविरुद्धको खोप पठाउन ढिलो गरेकोप्रति आक्रोश व्यक्त गरेको उदाहरण प्रस्तुत गर्दै सो पत्रिकाले खोपलाई भुराजनितिक जितको लागि प्रयोग गर्ने चिनियाँ प्रयास उसैको लागि प्रत्युपादक बनेको निस्कर्श निकालिएको हो। त्यस्तै चिनियाँ खोपहरुको प्रभावकारिताका बारेमा बहिरिएका तथ्यहरुले ब्राजिल र टर्कीजस्ता मुलुकहरु पनि सशंकित भएका छन् । चीनले कोरोनाविरुद्धको खोप प्रभावकारी मानिए पनि फाइजर र मोर्डेनाजस्ता खोपहरुजस्तो सुरक्षित नभएको तथ्य सार्वजनिक भएको छ ।
फिलिपिन्समा केही सांसदहरुले सरकारको चिनियाँ कम्पनी सिनोभ्याकले विकास गरेको खोप किन्ने निर्णयको आलोचना गरेका छन् । मलेसिया र सिंगापुरका अधिकारीहरुले दुबै सिनोभ्याक खोप सुरक्षित र प्रभावकारी सावित भएमा मात्र स्वीकृति दिनुपर्ने बताएका छन् ।
“अहिले हामी कुनै चिनियाँ खोप लिनेछैनौं, किनकि त्यहाँ अपर्याप्त डाटा छ,” सिंगापुरको विदेश मामिला मन्त्रालयका अधिकारी बिलाहारी कौसिकनले भने । उनले चीनले खोप सम्बन्धमा ‘उचित रिपोर्ट’ दिनुपर्ने बताएका छन् ।
कम र मध्यम आय भएका २४ मुलुकहरुले चिनियाँ खोप कम्पनीसँग आयातका लागि हस्ताक्षर गरेका छन् । विकसित राष्ट्रहरुले फाइजर र मोर्डेना खोपको आयात गर्दा कम आय भएका मुलुकहरुले भने उक्त खोप आयात गर्न सकेनन् । यस्ता मुलुकहरुमा कोरोना महामारी लामो समय रहिरहने विज्ञहरुले बताएका छन् । चिनियाँ खोप कम प्रभावकारी भएको र आयातमा ढिलाइ भएका कारण महामारी अझै धेरै समय लाग्ने भएको छ ।
बेइजिङका केही अधिकारीहरुले चीनको विश्वव्यापी प्रतिष्ठालाई नै संकटमा पार्ने तर्क गरेका छन् । सरकारी मिडियाले भने चिनियाँ खोपले विश्वव्यापी प्रतिष्ठालाई थप उचाइ प्रदान गर्ने बताइरहेका छन् । चिनियाँ मिडियाहरुले अमेरिकी खोपबारे गलत सूचना प्रदान गर्दै चिनियाँ खोपहरुलाई एक राम्रो विकल्पको रूपमा चित्रण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरुको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । बुधबार वन
भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको
राष्ट्रपतिले नागरिकता विधेयक संसद्मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ