
भूमिहीनलाई जग्गा वितरण प्रक्रिया पारदर्शी बनाउन मन्त्री तुम्बाहाङ्फेको निर्देशन
२४ माघ २०७७, शनिबार १५:०१
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा वितरण गर्दा बिचौलियाहरु सक्रिय रहनेतर्फ सचेत रहन निर्देशन दिएकी छन्। समिति अध्यक्ष तथा सदस्यहरुलाई काठमाडौंमा शनिबार निर्देशन दिँदै मन्त्री तुम्बाहाङ्फेले त्यस्ता व्यक्ति र समूहबाट टाढा रहन सम्बन्धीत पदाधीकारीलाई निर्देशन दिएकी हन्।
यस्तै मन्त्री तुम्बाहाङ्फेले ‘जग्गा धनीपूर्जा वितरणमा एक इन्च तलमाथि भए दोषीलाई कारबाही गर्ने चेतावनी पनि दिएकी छन्। कार्यक्रममा बोल्दै उनले कानूनभन्दा बाहिर गएर काम कारबाही नगर्न निर्देशन दिइन्।
‘तपाईंहरुले निश्चित अधिकारमात्रै दिइएको छ,’ उनले भनिन् ‘ऐन विपरीत जानुभयो भने कानूनी दायराभित्र आउनुपर्छ। एक इन्च बाहिर जानुभयो भने कारबाही हुन्छ। लालपुर्जा दिलाइदिन्छु भनेर पैसा लिएर तपाईंहरुलाई प्रभावित बनाउने समूह आउँछ, यही बेला हो सम्पत्ति जोड्छु भन्ने लागेको छ भने मनबाट हटाइदिनुहोला।’
आयोगका पदाधिकारी नै सर्वैसर्वा नभएको बताउँदै मन्त्री तुम्बाहाङ्फेले आफ्नो निश्चित अधिकारमात्रै रहेको मनन गर्न र ऐनले तोकेको कार्यमात्रै गर्न आग्रह गरिन्।
सरकारले गत सातामात्रै ७७ वटै जिल्लामा अध्यक्षसहित विज्ञ सदस्य र सदस्य गरी तीन–तीन जना नियुक्त गरेको थियो। २३१ जना पदाधिकारीमा २५ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।
अष्ट्रेलियाको गोल्ड कोस्ट शहरमा सम्पन्न “गुर्खास कप २०२३” को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा
नेपालमा सङ्घीयता र गणतन्त्र त आयो तर यी व्यवस्थाहरूले मुलुकलाई आर्थिकरूपमा कुनै पनि किसिमको फाइदा पुर्याउन सकेको देखिएको छैन। यस