Lifestyle Portal
  •   २४ श्रावण २०७९, मंगलवार

“SCT” र “ग्लोबल आइएमई बैंक लिमिटेड”बीच Omni Channel Digital Banking Solutions सेवा सञ्चालन सम्बन्धमा सम्झौता सम्पन्न

२३ माघ २०७७, शुक्रबार १८:३४

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहुँच सजिलै पुर्‍याउने उद्देश्यले विकास गरेको Omni Channel Digital Banking Solutions मार्फत सेवा उपलब्ध गराउने सम्बन्धमा मिति २०७७ माघ २१ गते ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) र SCT बीच औपचारिक सम्झौता सम्पन्न भएको छ ।

SCT ले गहन अध्ययन र अनुसन्धान गरी विगत दुई बर्षको अनवरत प्रयत्नबाट विकास गरेको तथा करिब तीन महिना आन्तरिक रुपका सफल परीक्षण पश्चात सञ्चालनको अवस्थामा ल्याईको यस उपकरणमा Mobile Banking, eBanking, Self-Banking, SMART QR / Card मार्फत दिने सेवा एउटै प्लेटफर्मबाट उपलब्ध हुनेछन् । यसबाट ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो/छरितो, मितव्ययी र सरलढंगले बैकिङ्ग सेवा र सुविधाहरुको पहुँच हुनेछ । साथै, बैंकले यस आधुनिक उपकरणको सेवालाई छिट्टै नै ग्राहकहरुको बिच सञ्चालनमा ल्याउने छ ।

परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको लक्ष्य बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउँदै आएको छ । डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैकिंङ्ग क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता माग पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुबै कम्पनीहरुको रहेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा सरोकारवालाहरुको उल्लेख्य सहभागिता देखिएको छ । एक्स्पोमा जलविद्युतसँग सम्बन्ध राख्नेहरुको

काठमाडौ । नेपाल राष्ट्र बैंकका डेप्यु्टी गभर्नर बम बहादुर मिश्रले जलविद्युत् आयोजना विकासका लागि बैंक तथा वित्तीय सँस्थाबाट लगानी जुटाउन

काठमाण्डौ । डिजिटल मेडिया तथा स्मार्ट कम्यूनिटी प्लाटफर्ममा विगत एक दशकदेखि सक्रिय सन्तोष कुमार देवकोटा नेपालको प्रथम मोबाइल एप्लिकेशन ‘नेपाली

एपोलो पेन्टस प्रा. लि. ले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत् नेपाली चलचित्रका महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित