
बैतडीमा गोली हानेर बाबुले गरे छोरीको हत्या
२४ माघ २०७७, शनिबार २२:१६
बैतडी। बैतडीमा बाबुले गोली हानेर छोरीको हत्या गरेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षका धनबहादुर महराले २० वर्षका छोरी बेलमती महराको गोली हानी हत्या गरेका हुन् ।
शनिबार बेलुका ५ बजे घरमै गोली हानी छोरीको हत्या गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारीसमेत रहेकाे प्रहरी निरीक्षक जनक धामीले जानकारी दिए ।
छोरीको हत्या गर्ने बुवा फरार रहेका जनाइएको छ । घटना भएको जानकारी पाएपछि प्रहरी टोली खटिएको र थप विवरण आउन बाँकी रहेको उनले बताए ।
घटनापछि फरार महराको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । विवाहित छोरी एक महिनादेखि माइतमा रहेकी थिएन। बाबुले नै छोरीको हत्या किन गरेको भन्ने कारण खुलि नसकेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
सुर्खेत । दाङमा एक न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छन् । उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी
काठमाडौं- प्रहरीले साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एकलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोको टोलीले आफ्नो संस्थाको नाममा
जनकपुरधाम- नक्कली नोटको कारोबार गर्ने दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सितामढीका ३५ वर्षीय साविर अन्सारी
विराटनगर- अन्धविश्वासमा परेर विराटनगरका एक परिवारले ५० हजार गुमाएका छन् भने घरधनीकी छोरी पनि बेपत्ता भएकी छन् । माघ १०