नक्कली नोटसहित दुईजना भारतीय नागरिक पक्राउ


जनकपुरधाम- नक्कली नोटको कारोबार गर्ने दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको सितामढीका ३५ वर्षीय साविर अन्सारी र ४२ वर्षीय जियाउल अन्सारी रहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

दुवै जनालाई गोप्य सूचनाको आधारमा बिहीबार साँझ महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. १ स्थित रामानन्दन विशेश्वर महेन्द्र क्याम्पस अगाडिबाट नियन्त्रणमा लिएको प्रवक्ता विष्टले जानकारी दिए ।

२ नं. प्रदेश प्रहरी प्रहरी कार्यालय जनकपुर र महोत्तरीको अस्थाई प्रहरी पोष्ट नगरपालिका जलेश्वरबाट खटेको संयुक्त प्रहरी टोलीले रामानन्दन विशेश्वर महेन्द्र क्याम्पस अगाडि भारतीय नम्बर प्लेटको गाडी चेकजाँच गर्दा अवैध नक्कली नोटहरू फेला परेको महोत्तरी प्रहरीले जनाएको छ ।

दुवै जनाको साथबाट भारतीय नम्बर प्लेटको गाडिसहित नक्कली जस्तो देखिने नेपाली पाँच सय दरका २७ थान नोटसहित (१३ हजार ५ सय नक्कली रुपैयाँ), नेपाली रुपैयाँ १६ हजार र भारतीय पहिचान पत्र बरामद गरेको प्रहरीले जनाएको छ ।


Loading comments...