
ट्रम्पका कारण अमेरिका सरकारलाई ५२ करोड डलर नोक्सान
काठमाडौं – अमेरिकाका पूर्वाराष्ट्रपति डोनाल्ड ट्रम्पका कारण अमेरिकाका सरकारलाई करिब ५२ करोड डलर ९नेपाली रुपियाँ ५२ अर्ब ०नोक्सान भएको छ । उनले चुनावमा धाँधली भएको झुटो हल्ला फैलाएका कारण उक्त नोक्सानी भएको हो ।
द वासिङटन पोस्टका अनुसार ट्रम्पले चुनावमा धाँधली भएको झुटो हल्ला फैलाएका कारण सुरक्षा व्यवस्था सुदृढ बनाउन, कानुनी कारबाही तथा क्षतिग्रस्त भौतिक संरचनाको मर्मत गर्न उक्त रकम खर्च भएको हो ।
राष्ट्रपति स्वयंले चुनावमा धाँधली भयो भनेपछि संसद भवनमा ट्रम्प समर्थकहरूले आक्रमण गरी तोड़फोड़ गरेका थिए ।