
दोस्रो चरणको खोप अभियानको प्राथमिकतामा को–को ?
सरकारले दोस्रो चरणमा दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखेर सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाउने भएको छ ।
पहिलो चरणको खोप लगाइसकेपछि जोखिमका आधारमा सूची तयार पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । माघ १४ देखि शनिबारसम्मको पहिलो चरणमा १ लाख ८१ हजार ८ सय ५७ जनाले खोप लगाएका छन् ।
काठमाडौंको सिभिल, शिक्षण, सहिद गंगालाल र ललितपुरको पाटन अस्पतालमा दोस्रो चरणको खोप लगाइने शनिबार निर्णय भएको मन्त्रालयमा प्रवक्ता डा जागेश्वर गौतमले बताए ।