
चलचित्र प्रसादको समिक्षा
२९ मंसिर २०७५, शनिबार १५:३१
रेटिङ्ग ३ /५
कलाकार : नम्रता श्रेष्ठ, बिपिन कार्की, निश्चल बस्नेत, बसुन्धरा भुसाल
निर्देशन : दिनेश रावत
राम्रो पक्ष : समय सान्र्दभिक कथालाई निकै उत्कृष्ट रुपमा प्रस्तुत गर्न प्रसाद सफल देखिएको छ । कलाकार नम्रता श्रेष्ठ र बिपिन कार्कीले आफनो भुमिकालाई पात्रअनुरुप न्याय दिएका छन् । ग्रामिण क्षेत्रको समस्या, मान्यता तथा वोलिचालीलाई टपक्क टिप्न कथा सफल देखिन्छ ।
नराम्रो पक्ष : छायाङ्कनको कुरा गर्दा चलचित्रको छायाङ्कन स्थल र छायाङ्कन शैली राम्रो छ , तथापि किर्तिपुर वरिपरिका धेरै दृश्यले चलचित्र किर्तिपुरमा मात्रै सिमित भएको हो कि जस्तो महसुस हुन्छ । नम्रता श्रेष्ठ मोडन भुमिकामा देखिने नायिका भएतापनि यस चलचित्रमा भने यिनको अभिनय अत्यन्त मौलिक पाइन्छ । हामीले अन्य चलचित्रमा देखेकी नम्रता र प्रसादमा देखिने नम्रतामा धेरै फरक छ तरपनि घरिघरि उनको मेकअप र भेषभुषामा ध्यान नपुगेको भान हुन्छ । कतिपय दृश्यमा ध्यान दिएर हेर्दा उनको कपला नक्कली र सक्कली छुट्याउने सकिने हुन्छ ।चलचित्रको अन्तयमा दर्शकहरुको अपेक्षा भन्दा केही पृथक घटनाहरु घटिदिनछन् जसले दर्शकहरु केही हद सम्म निराशा हुन सक्छन् । चलचित्रको फस्ट हाप निकै उत्कृष्टि बनेको तर पछिल्लो हापमा बिभिन्न घटनाहरुले चलचित्र ढिलो र आशा अनुरुप नभएको लाग्न सक्छ ।
हेर्ने कि नहेर्ने : चलचित्र निकै राम्रो बनेको छ । सिरियस कथा, जिन्दगीका उतारचढाब, साधारण बिषयबस्तुलाई रुचाउने दर्शकहरुको लागि यो चलचित्र राम्रो लाग्नेछ । द्धन्द्ध तथा ग्यालमर खोज्ने दर्शकहरुले यो चलचित्रमा राखेको अपेक्षा पुरा नहुन सक्छ् । कथाबस्तु तथा कलाकारको प्रस्तुतिलाई ध्यान दिने दर्शकहरुको लागि उत्कृष्ट चलचित्र बन्ने छ । प्रसाद बास्तवमै नेपाली चलचित्रको प्रसादकै रुपमा लिन सकिन्छ तर इन्सट्यान्ट नुडल्स र जंक भुडको र्फमुला मनपराउने दर्शकलाई भने प्रसाद केही खल्लो लाग्न सक्छ ।
कथा बस्तु : प्रसाद चलचित्रको कथाबस्तु मुख्य ३ पात्रको वरिपरि घुमेको छ । अन्तरजातिय बिवाह गरेका बिपिन कार्की गाँउका एक दलित परिवारको बाबुरामको पात्रमा देखिएका छन् भने नम्रता श्रेष्ठलाई वडा अध्यक्षको छोरीको नारायणीको रुपमा देख्न सकिन्छ । विवाह पश्चात शहर आएका नब दम्पतिले भोगेका समस्या, कठिनाई, गरिबी तथा सन्तानको इच्छालाई विशिष्टरुपमा चित्रण गरिएको छ । बिपिन कार्कीको गाँउका साथी निश्चल बस्नेतलाई रमेशको भुमिकामा देख्न सकिन्छ । उनी यस चलचित्रमा खलनायकको पात्रमा देखिएका छन् । चलचित्रमा हाँस्य पक्षलाई पनि निकै सुन्दर रुपमा प्रस्तुत गरिएको पाईन्छ । सामान्य कथालाई विशिष्ट रुपमा प्रस्तुत गर्न निर्देशक दिनेश रावत सफल भएका छन् ।
संगित : चलचित्र सफलतामा संगितको पनि ठुलो भुमिका रहन्छ । प्रसाद एउटा सांगितिक चलचित्र हो भन्न पनि सकिन्छ । लै लै कठै बरिलै भन्ने गित शुरु नै देखि निकै रुचाईएको छ । केतन क्षेत्रीको स्वर, गणेश शाहीको शब्द र सुबास भुसालको संगितमा रहेको यो गित निकै मार्मिक बनेको छ , साथै युटुवमा पनि निकै रुचाईको छ । साथै बनकी चरी के भन्छ भन्ने बोलको गित पनि निकै उत्कृष्ट रहेको छ । नेपाल आइडलका प्रतिस्पर्धी बिक्रम बरालको स्वरमा रहेको बरि क्याी बचौला बोलको गित पनि निकै चर्चामा रहेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
पृष्ठभूमि सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३०
डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त
नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा
यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू