Lifestyle Portal
  •   १ भाद्र २०७९, बुधबार

ठगीको आरोपपछि सन्नीसँग केराला प्रहरीको सोधपुछ

२६ माघ २०७७, सोमबार २०:१६

मुम्बई । बलिउड अभिनेत्री सन्नी लियोनीसँग केराला प्रहरीले सोधपुछ गरेको छ । उनीविरुद्ध २९ लाखको ठगीको आरोपपछि प्रहरीले सोधपुछ गरेको हो । केराला प्रहरीले केरालाको राजधानी तिरुअन्तपुरमको एउटा प्राइभेट रिसोर्टमा लगेर सन्नीसँग लामो सोधपुछ गरेको हो ।

कोच्चिका एकजना इभेन्ट म्यानेजर शियसले सन्नीविरुद्ध ठगीको आरोप लगाएका हुन् । उनका अनुसार यो सन् २०१६ को कुरा हो, सन्नीका म्यानेजरले पाँचवटा इभेन्टमा उपस्थित हुने भन्दै २९ लाख रुपैयाँ लिएका थिए । तर सन्‍नी यसमध्ये कुनै पनि इभेन्टमा उपस्थित भइनन् । नवभारत टाइम्सका अनुसार सन्नीले प्रहरीलाई दिएको बयानमा आफूले पैसा लिएको स्वीकारेकी छिन् । यद्यपि इभेन्ट म्यानेजरलाई धोका दिने उद्देश्य भने नभएको बताएकी छिन् । इभेन्ट म्यानेजरले नै तोकेको समयमा कार्यक्रम गर्न नसकेका कारण उनी इभेन्टमा अनुपस्थित भएको पनि सन्नीले उल्लेख गरेकी छिन् । यस मुद्दामा अब प्रहरीले सन्नीले दिएको बयानका आधारमा छानबिन अगाडि बढाउनेछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए

काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘चुपचाप मन पराए’ रिलिज भएको छ।प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रचना रहेको

मोरङ जिल्ला विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज शिक्षा–संस्कृति क्षेत्रमा भारत