
ओलीले छापामार शैलीमा सत्ता कब्जा गर्न खोजे : भट्टराई
२७ माघ २०७७, मंगलवार ००:१२
काठमाडौँ । नेकपा (दाहाल–नेपाल समूह)का नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले छापामार शैलीमा सत्ता कब्जा गर्न खोजेको बताएका छन् । सोमबार नेकपा ताप्लेजुङ-काठमाडौं सम्पर्क मञ्चको भेलामा भट्टराईले प्रतिनिधि सभा विघटन गरेर छापामार शैलीमा सत्ता कब्जा गर्न खोजेको बताए ।
आफूहरूले अहिलेसम्म भएका विभिन्न आन्दोलनको उपलव्धी रक्षा गर्न र सत्ता कब्जा गर्न नदिन आन्दोलन गरिरहेको उनले बताए । यो आन्दोलन पदका लागि नभइ विचार र सिंद्धान्तका लागि भएको बताए ।
त्यस्तै उनले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदमको अगुवाइ केपी शर्मा ओलीले गर्नु दुःखद भएको बताए । माघ २८ गते हुने जनसभामा अहिलेसम्मकै धेरै सहभागीता हुने दाबी गरे । कार्यक्रममा ताप्लेजुङ-काठमाडौं सम्पर्क मञ्चका पदाधिकारीलाई सपथ ग्रहण गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई