यी हुन् पहिलो र दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरू [सूचीसहित]


काठमाडौं- प्रतिनिधि सभा विघटनपछि आउँदो वैशाखमा निर्वाचनको घोषणा गरेको सरकारले पहिलो र दोस्रो चरणमा निर्वाचन हुने जिल्ला समेत छुट्याएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १७ र २७ गते कुन–कुन जिल्लामा निर्वाचन गर्ने भनेर निर्णय गरेको हो।

प्रदेश २ का ८, गण्डकीका ११, लुम्बिनीका १२ र कर्णालीका १० जिल्लामा पहिलो चरणमा निर्वाचन हुने भएको छ। पहिलो चरणमा निर्वाचन हुने जिल्ला ४१ वटा छन्।

दोस्रो चरण अर्थात् वैशाख २७ मा तीन प्रदेशका ३६ जिल्लामा निर्वाचन हुनेछ। प्रदेश १ का १४, बागमतीका १३ र सुदूरपश्चिमका ९ जिल्लामा दोस्रो चरणमा निर्वाचन हुनेछ।

यी हुन् पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरू :
-बारा, पर्सा, रौतहट, धनुषा, सप्तरी, सिरहा, सर्लाही, महोत्तरी, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, कास्की, तनहुँ, नवलपरासी (सुस्तापूर्व), गोरखा, लम्जुङ, म्याग्दी, बागलुङ, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, रोल्पा, प्युठान, नवलपरासी (सुस्ता पश्चिम), गुल्मी, रुकुम (पूर्व), हुम्ला, जुम्ला, मुगु, कालीकोट, सुर्खेत, दैलेख, डोल्पा, जाजरकोट, सल्यान, रुकुम (पश्चिम)।

यी हुन् दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरू:
-इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, पाँचथर, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुर, तेह्रथुम, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रामेछाप, दोलखा, चितवन, सिन्धुली, सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर, बझाङ, बाजुरा, बैतडी, अछाम, डोटी, दार्चुला र डडेल्धुरा।

गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ गतेका लागि निर्वाचनको मिति तोकिएको थियो। तर, त्यसविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ चलिरहेकाले निर्वाचन हुने वा नहुनेमा आशंका छ। निर्वाचन आयोगले भने निर्वाचनको तयारी अगाडि बढेको बताउने गरेको छ। यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग जाँदैछन्। उनले नेकपा विवादको विषय र निर्वाचन सम्बन्धमा मन्त्रिपरिषद्ले गरेका निर्णयका विषयमा आयोगसँग छलफल गर्नेछन्।


Loading comments...