अभिनेत्री करिश्मा मानन्धरलाई महानायिका घोषणा


काठमाडौं। अभिनेत्री करिश्मा मानन्धरले २०४५ सालमा चलचित्र ‘सान्तन’बाट नायिकाको रुपमा डेब्यु गरेकी थिईन् । उनले चलचित्र बृत्तमा काम गरेको ३२ वर्ष भयो । तीन दशक भन्दा लामो समयदेखि नायिकाको रुपमा अनबरत तरिकाले काम गर्दै आएका र अहिलेसम्मकै सबैभन्दा धेरै सफल चलचित्रमा काम गरेको भन्दै करिश्मा मानन्धरलाई महानायिकाको उपाधि प्रदान गरिएको छ ।

अभिनेता राजेश हमालको विशेष आतिथ्य तथा सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा आर के ईण्टरटेन्मेण्टले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा करिश्मा मानन्धरलाई महानायिको उपाधि प्रदान गरिएको हो ।राजेश हमाल महानायक भएकाले कार्यक्रममा हमालबाटै करिश्मालाई महानायिकाको स्यासे लाउन लगाईयो ।

यसो गर्दा अझ आधिकारिक हुने आयोजक पक्षको जनायो । अभिनेता राजेश हमाललाई पनि आफुहरुले महानायकको उपाधि प्रदान गरिएको र उनको जोडी बनेर धेरै हिट फिल्म नेपाली चलचित्र उधोगलाई दिएकी अभिनेत्री करिश्मा मानन्धरलाई सोही कारण महानायिकाको उपाधि प्रदान गरिएको सो सस्थाका अध्यक्ष राम केसी ‘लक्की’ले बताएका छन् ।

समारोहमा अभिनेत्री करिश्मा मानन्धरलाई महानायिका लेखिएको स्यासे र क्राउन लगाएर महानायिका घोषणा गरिएको हो । उनलाई राजेश हमाललगायतले महानायिका घोषणा गर्दै बधाई ज्ञापन गरे । उनलाई प्रदान गरिएको यो उपाधि यहाँहरुलाई कस्तो लाग्यो ?

नेपाली चलचित्र उधोगमा महानायिका घोषणा गर्न आवस्यक थियो की थिएन ? यो उपाधि करिश्मालाई नै दिनु सही हो की अन्य नायिकालाई दिनु पथ्र्यो ? यी र अनेक प्रश्नहरु त छदै छ । जे होस् नेपालि सिने उधोगले महानायिका पनि पाएको छ


Loading comments...