
प्रियंका चोपडालाई निर्देशकले स्तनको सर्जरी गराएर फिगर मिलाउन भनेपछि…
काठमाडौं। बलिउड अभिनेत्री प्रियंका चोपडाको संस्मरण अनफिनिश्ड रिलिज हुँदैछ । बताइएअनुसार यो किताबमा उनले एक फिल्म निर्देशकको बारेमा उल्लेख गरेकी छिन् । ती निर्देशकले प्रियंकालाई स्तनको सर्जरी गरेर फिगर मिलाउन सल्लाह दिएका थिए । प्रियंकाले बेलायती अखबार मेट्रोसँगको कुराकानीमा पनि यो घटनाको खुलासा गरेकी छिन् । यद्यपि प्रियंकाले आफूले अहिलेसम्म प्लास्टिक सर्जरी नगराएको भन्ने सफाइ दिनका लागि यो घटनाबारे उल्लेख नगरेको बताएकी छिन् ।
प्रिपंकाले भनिन् ‘म मनोरञ्जन व्यवसायकी एक महिला हुँ जो एक पितृसत्तात्मक स्थान हो । मलाई यहाँ धेरै कठिनाइको सामना गर्नुपर्यो । जब मनोरञ्जन गर्नेहरुले आफ्नो कमी देखाउँछन् त्यसपछि मानिसहरुलाई उनीहरुलाई तल देखाउन मजा आउँछ । मैले आफ्नो काम गरें र ती घटनाहरुको बारेमा कुरा गरिन जसबाट म बाहिर निस्किइसकेकी छु ।’
रिपोर्टका अनुसार किताबमा प्रियंकाले एक घटनाबारे उल्लेख गर्दै लेखेकी छिन् ‘अब म एक निर्माता निर्देशकसँग भेटें, केही समयको कुरापछि उनले मलाई उभिएर घुम्न भने । मैले पनि त्यस्तै गरें । उनले लामो समयसम्म मलाई घुरिरहे र मलाई हेरी नै रहे । त्यसपछि उनले मलाई भने कि मैले स्तनको सर्जरी गराउनुपर्छ । यसका अलावा मैले मेरो बंगारा र नितम्बको आकार पनि ठिक गराउनुपर्छ । यदि म अभिनेत्री बन्न चाहन्छु भने मैले यो सबै ठिक गराउनुपर्छ । उनले मसँग भने कि उनले लस एन्जल्समा एक डाक्टरलाई चिन्छन् जसकहाँ मलाई पठाउनेछन् । यो घटनापछि म आफूलाई कम सोच्न थालेकी थिएँ ।’