
आगामी निर्वाचनको लागि सामाग्री खरिद गर्न टेण्डर आह्वानको तयारी
२८ माघ २०७७, बुधबार १२:४९
काठमाडौं । निर्वाचन आयोगले आउँदो वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनका लागि आवश्यक सामाग्री खरिदका लागि टेण्डर आह्वानको तयारी गरेको छ ।
टेण्डर आह्वान गर्ने आज तयारी भैरहेको आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए । प्रतिनिधिसभा विघटनसँगै तोकिएको मितिमै चुनाव गराउने तयारीसहित आयोग लागिपरेको र आवश्यक सामाग्री खरिदका लागि टेण्डर आह्वन गर्न लागिएको उनको भनाइ छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटबारे सर्वोच्चको फैसला नआइसकेको र नेकपाभित्रको विवाद समाधान नभैसकेको अवस्थामा आयोगले चुनावी तयारीलाई तिब्रता दिएको हो ।
प्रतिनिधि सभा विघटनसँगै आउँदो वैशाख १७ र २७ गतेका लागि मध्यावधि चुनाव घोषणा भएको छ । पहिलो चरणमा वैशाख १७ गते ४० जिल्लामा र दोस्रो चरण २७ गते ३७ जिल्लामा चुनाव गराउने सरकारको तयारी रहेको छ ।
वैशाख १७ गते कर्णाली, लुम्बिनी, प्रदेश २, गण्डकीका ४० जिल्लामा तथा दोस्रो चरणमा सुदूरपश्चिम, वाग्मती र प्रदेश १ का ३७ जिल्लामा चुनाव गर्ने सरकारले निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भक्तपुर, १७ पुस: अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी
“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि
खजुरा, १५ पुस : निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण
महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत