अब विदेश जाँदा पारिवारिक सहमति अनिवार्य


काठमाडौं । अध्यागमन विभाग एक्लै विदेश जाँदा अब वडा कार्यालय र पारिवारिक सहमति अनिवार्य चाहिने बताएको छ । एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि अध्यागमन विभागले कार्यविधि संशोधन प्रस्ताव गरेको हो । विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ ।

नयाँ कार्यविधिअनुसार ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश जाँदा अब वडा कार्यालयको र पारिवारिक सहमति अनिवार्य चाहिने भएको छ ।
मानव तस्करी बढेको, शोषणमा परेको, समस्यामा भए उद्धार गर्न नसकिएको, औषधी उपचार नपाएर बिजोग भएको अवस्थालाई मध्यनजर गर्दै कार्यविधि संशोधन प्रस्ताव गरिएको विभागले जनाएको छ ।

यस्तै एक्लै त्यसरी विदेश जाने महिलाका लागि पन्ध्र लाखसम्मको निर्जीवन दुर्घटना बिमा अनिवार्य बनाउनुपर्ने छ । हालको कार्यविधिको दुरुपयोग भएको र महिलाहरू थप शोषणमा नपरून् भनेर कार्यविधि संशोधनको प्रस्ताव गरिएको विभागले जनाएको छ । ४० वर्षमुनिका महिला परिवारका सदस्य वा श्रीमानसँग भ्रमणमा जाँदा भने पालिकाको सिफारिस नचाहिने विभागले जनाएको छ ।

सरकारले अध्यागमन कार्यविधि २०६५ संशोधनको तयारी गरेको छ। भिजिट भिसाका नाममा मानव तस्करी बढेको र विदेशमा नेपालीहरु अलपत्र परेको भन्दै विभागले कार्यविधि संशोधन प्रस्ताव गृहमन्त्रालयमा पठाएको बताएकाे छ ।

पछिल्लो समय म्यानपावर एजेन्सी, ट्राभल एजेन्सी, मानव तस्कर र अध्यागमन विभागका कर्मचारीकै सेटिङमा नेपालीहरु श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जाने, अलपत्र पर्ने र विदेशमा बेचिने गरेका छन् ।


Loading comments...