प्रतिगमन नसच्चिए सिंहदरबार र बालुवाटार घेर्छौं, आँधिबेहरी आउँछ : प्रचण्ड


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन नसच्याए लाखौं जनताले सिंहदरबार र बालुवाटार घर्ने चेतवानी दिएका छन् ।

प्रचण्ड–नेपाल समूहको प्रदर्शनी मार्गमा जारी ‘बृहत विरोध प्रदर्शन’ सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमन सच्चिएन भने सिंहदरबार र बालुवाटार घेर्न लाखौं मानिसहरु आउने चेतावनी दिए ।

उनले भने, “जरुरी पर्‍यो भने अर्को आमसभा आयोजना गर्नेछौं र त्यो आमसभाले सिंहदरबार र बालुवाटार घेर्नेछ ।”

सर्वोच्च अदालतले जनताको आकांक्षाविपरीत फैसला गर्छ भन्‍ने कुरा आफूलाई विश्‍वास नभएको बताए । उनले भने, “सर्वोच्चका न्यायाधीशले पनि यो सभा देख्नुभएको छ होला, जनताले के चाहन्छन् ।”

जनताको आकांक्षाविपरीत फैसला आएमा मुलुकमा आँधीहुरी आउने बताएका छन् । उनले भने, “देशमा जनताका आकांक्षाविपरीत कुनै निर्णय भएमा आँधि हुरी आउँछ । नेपालमा कसैले पनि त्यो आँधीबेहरी थाम्‍न सक्दैन । द्वन्द्वकालमा हाम्रो एक समूले विद्रोह गर्दा के भयो ? र, आज यो विशाल पार्टी र लाखौं जनताले शान्तिपूर्ण क्रान्ति गर्दाको अवस्था के होला ।”

पुस ५ गते नेपालको संविधान र लोकतन्त्रमाथि केपी ओलीद्वारा निर्मम प्रहार भएपछि आफ्नो समूहले पुस १४, माघ ९ र माघ २८ गते आन्दोलन गरेको र हरेक आन्दोलनमा जनताहरुको साथ बढ्दै गएको बताएका छन् ।

उनले बुधबारको आन्दोलनमा पाँच लाख जनता सहभागी भएको उल्लेख गर्दै उनले भने, “केपीजी देख्‍नुभयो सभा कस्तो हुन्छ ? विरोध कस्तो हुन्छ, प्रदर्शन कस्तो हुन्छ ? हेर्नुहोला आज ।”


Loading comments...