ओलीले निर्वाचन आयोगलाई समेत धम्क्याउन खोजे : माधव नेपाल


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई समेत धम्क्याउन खोजिरहेको बताएका छन् ।

” ओलीले निर्वाचन आयोगलाईसमेत धम्यक्याउन खोजिरहेका छन् । आयोगका आयुक्तज्यूहरु तपाईंहरु नडारउनुस्,” अध्यक्ष नेपालले भने, “तपाईंहरुको साथमा हामी छौं । निर्भिक भएर निर्णय गर्नुस् ।”

माघ २३ गतेको जनसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगो समूह निराश भएकोसमेत उनले दाबी गरेका छन् ।

प्रचण्ड–नेपाल समूहको प्रदर्शनी मार्गमा जारी ‘बृहत विरोध प्रदर्शन’ सभालाई सम्बोधन गर्दै उनले नारायणहिटी संग्राहलय अगाडि माघ २३ मा आयोजना गरेको जनसभापछि ओलीको सिंगो समूह निराश भएको दाबी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहलाई ‘शक्ति प्रदर्शन देखाउन’ आयोजना गरेको उक्त जनसभामा अपेक्षाकृत नागरिकको सहभागिता नभएपछि उनीहरु निराश भएका अध्यक्ष नेपालको आशय थियो ।

उनले प्रधानमन्त्री ओलीले जनभावनालाई बुझ्न नसकेको पनि आरोप लगाए । अध्यक्ष नेपाल प्रधनमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा केही समय अघि गरेको पूजाआजाको पनि चर्को आलोचना गरे ।

उनले प्रधानमन्त्री ओली प्रतिगमनको मतियार भएको पनि आरोप लगाए । “केपी ओली लोकतन्त्रका संवाहक होइनन् । उनी प्रतिगमनका मतियार हुन् ।”


Loading comments...