चीनले किन ताइवानको क्षेत्रबाट बालुवा चोरी गरिरहेको छ ?


काठमाडौं । ताइवानको एक टापुबाट चीनले बालुवा निकालिरहेको ताइवानी अधिकारीहरुले आरोप लगाएका छन् । एक ताइवानी सुरक्षा अधिकारीले रोयटर्सलाई बताएअनुसार चीनले ताइवानले दावी गरेका अधिकांश क्षेत्रमा जहाजसहित बालुवा निकाल्ने काम गरिरहेको छ ।

ती अधिकारीले चीनको उक्त कदमलाई ‘ताइवानविरुद्ध मनोवैज्ञानिक युद्ध’को संज्ञा दिएका छन् । चीनको यो अपरेसनलाई ‘ग्रे जोन’ अभियानको रुपमा संदर्भित गरिएको छ । जसमा एक शक्तिले खुल्ला युद्धमा सामिल नभई दोस्रो शक्तिको स्रोतहरुलाई कम गर्दछ ।

बालुवा उत्खनन गर्ने जहाजहरुले ताइवानले नियन्त्रणमा लिएको टापू मत्सुको वरिपरि झुण्ड बनाएको रिपोर्टमा बताइएको छ । जहाँ उनीहरूले तट रक्षक सेनालाई लगातार सतर्क हुन बाध्य तुल्याइरहेका छन्। चीनको उक्त कदमबाट प्रभावित भएको मत्सु टापुका अधिकारी र त्यहाँका बासिन्दाले रोयटर्सलाई बताएअनुसार उक्त अपरेसनले समुद्रमा रहेका केबल तथा समुद्री जीवलाई निकै हानी हुने डर रहेको छ । मत्सु टापुमा करिब १३ हजार मानिसहरुको बसोबास रहेको छ ।


Loading comments...