रामकुमारी झाँक्री पक्राउ, राज्यविरुद्धको कसुर गरेको आरोप


काठमाडौं । प्रहरीले नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । उनलाई राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।यसअघि शंखमुलस्थित झाँक्रीलाई पक्राउ गर्न पुगेको प्रहरीलाई पक्राउ पूर्जी ल्याउन भनेकी थिइन् ।

झाँक्रीले पक्राउ पूर्जी ल्याउन भनेपछि महाशाखाले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि तत्काल पक्राउ गर्नु परेको भन्दै पूर्जी थमाइएको हो ।

मुलुकी अपराध संहिताको तफा ५८ मा राष्ट्रपपति वा संसदलाई धम्की दिन नहुने कुरा उल्लेख छ । जसमा भनिएको छ, “कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन ।”


Loading comments...