
चौतर्फी दबाबपछि रामकुमारी झाँक्रीलाई छाड्यो प्रहरीलेः रिहाई पछि नेतृ झाक्रीले के भनिन? (भिडियो)
२९ माघ २०७७, बिहीबार १८:४०
काठमाडौं- नेकपा प्रचण्ड-नेपाल पक्षकी युवा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । बिहीबार दिउँसो शंखमूलस्थित निवासबाट पक्राउ परेकी नेतृ झाँक्रीलाई बिहीबार साँझ प्रहरीले रिहा गरेको हो ।
प्रहरीको अपराध अनुसन्धान महाशाखाले राज्यबिरुद्ध अभियोगमा नेतृ झाँक्रीलाई बिहीबार दिउँसो पक्राउ गरेको थियो । नेकपा, कांग्रेसलगायत मुख्य दलहरुका प्रमुख नेताहरुले झाँक्री पक्राउको विरोध गर्दै तत्काल रिहाइको माग गरेका थिए । वाक स्वतन्त्रतामाथीको अंकुशको संज्ञा दिंदै चौतर्फी व्यापक विरोध भएको थियो ।
नेतृ झाँक्रीले गोरखामा केही दिनअघि एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबिरुद्ध लाञ्छना लगाएको भन्दै उनलाई पक्राउ गरिएको हो ।
रिहाई पछि नेतृ झाक्रीले के भन्नुभो? भिडियो हेर्नुहोस्ः
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई