Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

अदालतको साँघुरो किल्लाभित्र न्यायको हत्या नहोस् : गगन थापा

२९ माघ २०७७, बिहीबार २१:३९

विराटनगर । नेपाली कांग्रेसका युवा नेताहरुले राष्ट्रपति व्यक्ति नभएर संस्था भएकाले गलत काम गरे त्यसबारे विरोध हुने बताएका छन् । विराटनगरमा बिहीबार नेपाली कांग्रेस महानगर समितिले आयोजना गरेको वर्तमान राजनीतिक अवस्था, संवैधानिक संकट, यसको निकास र आजको आवश्यकता विषयक विचार गोष्ठीमा बोल्ने अधिकांशले सरकारको कदम प्रतिगामी र असंवैधानिक भएको बताए ।

कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अदालतको साँघुरो किल्लाभित्र न्यायको हत्या नगर्न आग्रह गर्दै भने, “सर्वोच्च अदालतमाथि नेपाली कांग्रेसको पूर्ण समर्थन र विश्वास छ तर अदालतले प्रधानमन्त्री ओलीको गर्जन अनि शक्ति प्रदर्शनबाट प्रभावित नभई संविधानसम्मत फैसला गर्नुपर्छ ।” थापाले राष्ट्रपति व्यक्ति नभएर संस्था भएकाले गलत कामबारे बोल्न सबैलाई अधिकार भएको बताए । उनले आफूहरूले पनि सरकारको कदम र राष्ट्रपतिको समर्थनविरुद्ध बोलेको र सके पक्राउ गर्न चुनौती दिए ।

यस्तै कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेपालमा प्रधानमन्त्री ओेलीले नियन्त्रित लोकतन्त्र स्थापना स्थापन गर्न खोजेको आरोप लगाउँदै भने, “कांग्रेसको सहभागिताबिना मुलुकमा राजनीतिक स्थिरता र संसद् पुन:स्थापना सम्भव छैन ।” नेता घिमिरेले पनि राष्ट्रपतिका गलत कामबारे नागरिकले बोल्न पाउने जिकिर गरे ।

अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले राजनीतिक संकट समाधानका लागि सशक्त आन्दोलन गर्नुको विकल्प नरहेको बताउँदै भने, “सरकारको स्वेच्छाचारिता बढ्दै गएकाले यसलाई रोक्न जरुरी छ । लोकतन्त्रमा स्वेच्छाचारिता स्वीकार्य छैन ।” संविधानविद् डा. विपिन अधिकारीले सरकारका गलत कामविरुद्ध जनतालाई सूसुचित गराउन राजधानी केन्द्रित आन्दोलनको गर्नुपर्ने बताए । प्रधानमन्त्रीको कदम असंवैधानिक भएको अधिकारीले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।