“हल फ फेम”को शिर्ष ९ मा भक्तपुरकी सुदिक्षा तामाङ, इलामका टिका मगर र काठमाडौका समीर लिम्बु


भर्चूअल रियालीटी शो, हल अफ फेमको सिजन २ का एपीसोडहरु प्रसारण भइरहेका छन् । सिजन २ को एपीसोड ८ मा आइपुग्दा हल हफ फेममा च्यालेन्ज राउण्ड शुरु भइसकेको छ ।

यस च्यालेन्ज राउण्डमा ३ ग्रुपका ९ प्रतिस्पर्धिहरुले नेपाली सङ्गीतका सिद्धहस्त व्यक्तित्व बरिष्ठ सङ्गीतकार रञ्जीत गजमेरको सङ्गीतमा रहेको ३ कर्णप्रिय गीतहरु क्रमशः “सपना भई आँखामा आउने को होला”, “सुन कथा एउटा गीत” र “के भन्ने हाम्रो समय”लाई आफ्नो गायन मार्फत् पेश गरेका थिए । हरेक समूहका १-१ जना गरी ३ जना प्रतिस्पर्धिहरु शिर्ष ९ मा प्रवेश गरेका छन् ।

सुदिक्षा तामाङ
यस्तै अर्को प्रतिस्पर्धामा पहिलो समूहमा रहेकी भक्तपुरकी सुदिक्षा तामाङ, बेलडाँगी झापाकी नेहा उप्रेती र निलकण्ठ धादिङकी बिमला श्रेष्ठले आफ्नो प्रस्तुति सपना भई आँखामा आउने बोलको गीतमा दिएका थिए । पहिलो राउण्डमा नै गीतार बजाएर मिठो गायकी प्रस्तुति गरेकी भक्तपुरकी सुदिक्षा तामाङ आफ्नो हल अफ फेमको यात्रालाई शिर्ष ९ भित्र राख्न सफल भएकी छिन् ।

टिका मगर
दोश्रो समूहमा थिए प्रकृती, साहित्य तथा सङ्गीतको लागि चर्चित ३ भिन्न भूगोलका सङ्गीत साधकहरु । आसाम भारतका प्रकाश प्रधान, दार्जिलिङ भारतका निमा शेर्पा र इलामका टिका मगरको प्रस्तुति रहेको थियो । यि तिनै प्रतिस्पर्धिले बरिष्ठ संगितकार रञ्जीत गजमेरको “सुन कथा एउटा गीत” बोलको गीत गाएका हुन् । सुन्दर चिया बगानको शहर इलामका टिका मगरले आफ्नो मीठो गायकीले सबैलाई मन्त्रमुग्ध पार्दै हल अफ फेममा आफ्नो शिर्ष ९ सम्मको यात्रा तय गरेका छन् ।

समिर लिम्बु
यसरी एउटा समुहमा ३ जना प्रतिस्पर्धिहरुले एउटै गीत आआफ्नो शैली तथा ढङमा प्रस्तुत गरेका थिए । तेश्रो समूहमा काठमाडौ कलंकीका निरज नगरकोटी, जैरु खलंगा डडेलधुराका सुदिप जैरु र कपन काठमाडौका समिर लिम्बुको प्रस्तुति रहेको थियो । यि तिनै प्रतिस्पर्धिले बरिष्ठ सङ्गीतकार रञ्जीत गजमेरको “के भन्ने हाम्रो समय” बोलको गीत गाएका हुन् । काठमाण्डौका समिर लिम्बुले प्रस्तुत गरेको गायकीलाई सबै जजहरुले खुलेर तारिफ गरेका छन् । सुदिपले आफ्नो गायकीमार्फत सबैलाई मन्त्रमुग्ध पार्दै हल अफ फेमको शिर्ष ९ भित्र आफूलाई अटाउन सफल भए ।

गायन विधामा नेपालको पहिलो भर्चूअल रियालिटी शो “हल अफ फेम – Hall of Fame” को शिर्ष ९ मा पुग्न सफल सुदिक्षा तामाङ, टिका मगर तथा समिर लिम्बुलाई बधाई । अझै बाँकी छ सङ्गीत साधना, अझै बाँकी छन् बाँकी प्रतियोगीहरुको प्रस्तुतीहरु ।

कार्यक्रमको ताजा श्रृंखला यहाँ हेर्नुहोस्ः


Loading comments...