Mahendra

राजा महेन्द्र, राष्ट्रवाद र झण्डा दिवस


यसपालाको एउटा कुरा संझना गर्न चाह्यौं केहि महिना अघि को । काठमाडौ माइतिघर मण्डलाको राष्ट्रिय झण्डा महिनौंसम्म पनि च्यातिएर उभिरहेको थियो । सिहंदरबार छिर्ने अनि निस्कने सैयौं आँखा देखि लाखौं बटुवा अनि माइतिघरमा प्रर्दशन गर्नेहरुको आँखा नपरेको झण्डा पछि सामाजिक सञ्जाल मार्फत निकै चर्चामा रह्यो र परिवर्तन गरियो ।

झण्डाको मोह कागज र भाषणमा मात्र सिमीत हुँदै गएको आजको परिवेशमा बास्तविक झण्डा र मियोको कमी भनें हुँदै गएको हो ।हरेक वर्ष पौष महिनाको १ गते राष्ट्रिय झण्डा दिवसको कार्यक्रम अनौपचारीक अनि औपचारीक रुपमा सुस्तरि मनाँउन थालिएको पाइन्छ । आज राजा महेन्द्र अनि उन्को राष्ट्रवादलाई पनि बिशेष संझना गराउने दिन पनि हो ।

श्री ५ महेन्द्रबाट सम्पूर्ण शक्ती आफ्नो हातमा लिई निर्वाचित सरकार तथा संसद भंग गरी प्रधानमन्त्री लगायतलाई सैनिक हिरासतमा राखी निर्दलिय पञ्चायती ब्यवस्था सुरुवात गरेको यस दिन अर्थात २०१७ साल पौष १ गते नेपालको इतिहासमा एक ऐतिहासिक दिन हो । तत्कालिन संविधान या भनौं मुलुकी ऐन को धारा ५५ को अधिकार र प्रावधान प्रयोग गरेर राजा महेन्द्रले निर्दलिय शाषनको उद्घोष गर्दै दलका अगुवाहरुलाई थुनामा हालेका थिए ।

प्रजातान्त्रीक आन्दोलन अनि नेताका भाषणहरुमा निरङ्कुश करार दिइएको यस्ता धेरै कदमहरु आज आएर गणतन्त्र प्राप्तीको १२ वर्षपछि बल्ल गलत साबित भएको भान हुन्छ । निर्मलाका हत्यारा, सुन काण्ड, भ्रष्टाचारी, सत्तामोह अनि जनताहरुमाथिको चौतर्फी शोाषण अनि राज्यहिनताका प्रशस्त उदहारणहरुले आज धेरै नेपाली जनताहरु आहतमा छन् ।

फेरि हामी यहाँनेर राजापक्षको वकालत पनि गर्दैनौं, यो जिम्मा त हाम्रा पाठकवर्गमा छोड्दछौं । श्री ५ महेन्द्रको बिचार थियो( “नेपालको सन्दर्भमा पार्टी ब्यवस्था भित्रका गलत व्यक्तिलाई बिदेशी ले प्रयोग गर्ने गर्दछन । यस अवस्थामा पार्टी व्यवस्थाले जनता मात्र बिभाजित गराउने होईन, राष्ट्र नै बिभाजित गराउन सक्छन ।”

आजको दिनको बास्तविकतामा केही बेर रुमलिन्न जरुरी देख्दछौं हामी । तत्कालिन नेता बिपी कोइराला र राजा महेन्द्र बिच चिसो समबन्ध रहेका बिभिन्न कुराहरु आज पनि सुनिन्छन् । आखिर कुरा के हो त? एउटा राष्ट्रवादी राजा अनि राष्ट्रप्रेमी जननेतामा यो टकराव किन ? धेरैको प्रश्न अनि चासो रहेको छ । बिभिन्न श्रोतका अनुसारवास्तवमा बी पी लाई आदर गर्ने मध्येमा श्री ५ महेन्द्र मानिन्थे भने बी पी को पनि श्री ५ महेन्द्रसँग नराम्रो सम्बन्ध भने थिएन । प्रजा परिषदबाट टुक्रिएर गठन भएको काँग्रेसमा ७ सालको प्रजातन्त्र पछि बिभिन्न बाहिरि तत्वहरु अनि षडयन्त्रहरु छिरिसकेका थिए शायद किनभने प्रधानमन्त्री बी पी कोइराला लगायत कांग्रेसका मन्त्रीहरूलाई झुठा कुरा लगाएर राजा र कांग्रेस बीच फाटो ल्याउने कांग्रेसी कार्यकर्ताहरूको कार्यलाई नबुझ्दा बी पी कोइराला बिस्तारै राजा बिरोधी हुन पुगेका थिए ।उतिबेला कांग्रेसी कार्यकर्ताहरूको आफ्नै कारण्बाट कांग्रेस आफै अलोकप्रिय हुँदै गइरहेको थियो भने उता भारतीय बिस्तारवादको बढ्दो हस्तक्षेपले नेपालको अस्तित्व खतरामा थियो । राजा महेन्द्रलाई इन्दिरा गान्धीले तिम्रो देश हाम्रोमा गाँसौं भन्दा राजा महेन्द्रले बहुतै कुटनितीपूर्वक हुन्छ तर नयाँ देशको नाम नेपाल राखौं भनेका उदहारणहरु आज पनि नेपाली जनमानसमा छन् । नेपालको अस्तित्व वास्तवमै संकटमै थियो, भारतिय विस्तारवादको चपेटामा देश गुज्रिरहेको र त्यतिबेला राजापक्ष र दलपक्ष एउटै मार्गमा हिँड्न जरुरी थियो ।

जानकारहरुका अनुसार पौष १ गतेको त्यो बेलाको कदम नेपाली कांग्रेसको बिरुद्धमा नभएर भारतीय हस्तक्षेप बिरुद्ध केन्द्रीत थियो । श्री ५ महेन्द्रबाट शायद यदि त्यो कदम नचालिएको भए सिक्किम भन्दा पहिला नेपालको अस्तित्व समाप्त गर्ने भारतिय योजना पुरा हुने थियो।नेपाली कांग्रेस सत्तामा आएपछि बीपी कोइरालासँगको मित्रताको फाइदा उठाएर भारतले नेपालको जलस्रोत कोशी, गण्डक, दाङ देउखुरी जलकुण्ड योजना लगायत कोशी उच्च बाँध निर्माण गरेर नेपाल कब्जा गर्ने योजनामा थियो ।२०१७ साल अगाडिनेपालको सुरक्षार्थ भन्दै चेकपोष्टको नाममा उत्तरी सीमानामा भारतीय फौज राखिएको थियो। ९० प्रतिशत भारतीय मुद्राको नेपालमा चलनचल्ती थियो। नेपालको जमीन खरिद गर्न र बिक्री गर्न भारतीयहरु स्वतन्त्र थिए। झन नेपाली बनजंगलका काठ भारत लिएर जान जनकपुर जयनगर रेलवे अनि उता अमलेखगजं रेलवे को प्रयोग पनि गरिएको आरोप पाइएको छ । एक जानकारका अनुसार तत्कालिन भारतमा रेलवे ट्याकमा बिछ्याइएका ९० प्रतिशत बढि सालका फल्याकहरु नेपाली वनबाट लिएर गएको बताइन्छ ।

तिबेला नेपालको एक जिल्लाबाट अर्को जिल्लामा जान भारतकै बाटो हिडनु पर्ने वाध्यता थियो, नेपालभित्र हिन्दी भाषाले ठूलो प्रभाव जमाएको थियो। एउटा स्वतन्त्र सार्वभौम राष्ट्रका आफ्नै फौज हून्छन्, आफ्नै मुद्रा हुन्छ, आफ्नै भाषा हुन्छ। आफ्नो देशको भूभाग खरिद–बिक्री गर्ने अधिकार आफ्नै देशका नागरिकमा मात्र रहन्छ। निर्वाचित संसदलाई विगटन गर्नु झट्ट हेर्दा नराम्रो मानिएता पनि राष्ट्रियको सवालमा श्री ५ महेन्द्रबाट चालिएको २०१७ सालको त्यो कदम देशको सार्वभौम सुरक्षाको लागि आवश्यक तथा समयानुकुल थियो ।धारा५५)अन्तर्गतकोकदमस्२०१५ साल फाल्गुण १ गते घोषणा गरिएको नेपाल अधिराज्यको संबिधान २०१५ को धारा ५५ मा राजालाई संंकटकाल घोषणा गर्ने लगायत संसद सरकारी निकायमा निहित कुनै वा सबै अधिकार ग्रहण गर्ने व्यवस्था थियो भने धारा ५६ मा संकटकाल घोषणा गर्ने अधिकार पनि थियो । श्री ५महेन्द्रबाट धारा ५५ प्रयोग गरी प्रधानमन्त्री मन्त्रीहरुलाई पद्च्यूत गरी संसद भंग गरिएको थियो भने धारा ५६ अन्तर्गत संकटकाल घोषणा भएको थियो । यस पृष्ठभूमिमा पौष १ गतेको कदमलाई असंबैधानिक भन्न मिल्ने अवस्था नहुन पनि सक्दछ।

श्री ५ महेन्द्रको बिचार थियो “नेपालको सन्दर्भमा पार्टी ब्यवस्था भित्रका गलत व्यक्तिलाई बिदेशी ले प्रयोग गर्ने गर्दछन । यस अवस्थामा पार्टी व्यवस्थाले जनता मात्र बिभाजित गराउने होईन, राष्ट्र नै बिभाजित गराउन सक्छन ।”

nepali flag

झण्डा दिवसमा निरकुंशताका बिरुद्ध नारा लागिरहँदा पौष १ गते को त्यो राजा महेन्द्रको कदम अनि दल र राजसंस्था एक भएर हिँड्ने आब्हानलाई भुल्न सक्ने अवस्था पनि छैन् । राजा शाषनको निरकुंशता थियो भनें आज निर्मला जस्ता लाखौं चेलीहरुको न्याय, नेपाली दाजुभाईहरुको बिदेशको परिश्रम अनि स्वदेशको पौरख गर्न नमिल्ने परिवेश पनि अर्को प्रकारको निरंकुशता नै हो ।

कोई त मर्दा डाक्टरको चाकरी

कोही त मर्छन अस्पताल नहेरि

जस्ता थुप्रै गीतहरु आज नयाँ तानासाहको नेपाली भूमिमा प्रार्दुभाव भएसंगै झनै साकार भएको छ ।

झण्डालाई माया गरौं अनि नयाँ निरकुंशता प्रति सजग पनि रहौं ।

 

जय नेपाल


Loading comments...